नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
५७ वर्षअघि क्युवाली महिला महासंघ(एफएमसी) स्थापना भएको थियो । क्युवाली क्रान्ति सम्पन्न भएको १२ महिनापश्चात यो संगठनको स्थापना भएको थियो ।
एफएमसीले महिला अधिकार रक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न संगठनहरूलाई एकै छातामूनि गोलबद्ध गरेको थियो ।
एफएमसीले क्युवामा भएको क्रान्तिकारी प्रक्रियामा महिला सहभागिता सुनिश्चित ग¥यो । सन् १९५९ मा सम्पन्न क्युवाली क्रान्तिसँगै देशव्यापी रूपमा निराक्षरता उन्मुलन गर्न शुरू गरिएको क्युवाली साक्षरता अभियानजस्ता कार्यक्रममा महिलाको उत्साहजनक सहभागिता थियो ।
एफएमसीले महिलाका विषयमाथि मनग्य ध्यान जाओस् भने हेतु क्युवाका स्वास्थ्य, शिक्षा, न्याय र श्रम मन्त्रालयका मन्त्रीहरूसँग सहकार्य गर्दै आएको छ । एफएमसीको स्थापना क्युवाली क्रान्तिका नेता फिडेल क्यास्ट्रोले गर्नुभएको थियो भने यसको नेतृत्व भिल्मा एस्पिनले गर्नुभएको थियो । एस्पिन स्वंय बाटिस्टाको निरंकुशताविरुद्ध लडेको वीरङ्गना हुन् ।
भिल्मा एस्पिन क्युवाका वर्तमान राष्ट्रपति राउल क्यास्ट्रोकी श्रीमती हुन् । उनले लैङ्गिक समानताको विषयमा विशेषज्ञता हासिल गरेकी छिन् ।
उनकै पहलमा महिलामा कुनै किसिमको लैङ्गिक हिंसा वा विभेद तथा जातीय विभेद गरिए दुई वर्षको कैद सजायको बन्दोबस्त गर्ने कानुनी प्रावधान स्थापित भएको थियो ।
प्रजनन अधिकारको सन्दर्भमा क्युवा ल्याटिन अमेरिकामा गर्भपतनलाई मान्यता दिने पहिलो देश हो । क्युवाले सन् १९६५ मै गर्भपतनलाई कानुनी मान्यता प्रदान गरेको थियो ।
एस्पिनले सान्टियागो डि क्युवामा रहेको आफ्नो निवासलाई पूर्ण रुपमा क्रान्तिकारी आन्दोलनको केन्द्र बनाएकी थिइन् । उनले सियरा माइस्त्रामा महिला गुरिल्ला मोर्चा स्थापना गरेकी थिइन् । त्यो महिला मोर्चाको नाम मारियाना ग्रजालेस थियो ।
क्युवामा १४ वर्षभन्दा माथि उमेरका ९० प्रतिशत महिला एफएमसीमा आबद्ध छन् । अर्थात ४० लाखभन्दा बढी क्युवाली महिला एफएमसीमा संगठित छन् ।
सन् २०१५ को विश्व आर्थिक मञ्चको प्रतिवेदन अनुसार लैङ्गिक समानताको हकमा संरा अमेरिका र क्युवा एकै स्थानमा छन् ।
टेलिसुर
Leave a Reply