सरकारको नीति तथा कार्यक्रम : उपेक्षामा स्वास्थ्य क्षेत्र
- जेष्ठ ४, २०८३
नेपाली जनताले हालसम्मका सबै सत्तासीन दलहरूको स्थिति हेरिसके या सरकारको गतिविधि हेरिसके । तर, सरकारको नेतृत्व गर्ने कुनै पनि दलहरूले गतिलो काम गरेनन् या देश र जनताको हितमा काम गरेनन् । जनताले सोच विचार गरेर असल उम्मेदवारलाई चयन गर्न नसक्दा देशको दुर्गति भयो र जनताले अनाहकमा दुःख पाए । फेरि त्यस्तै दुःख पाउने काम अब जनताले गर्नु हुँदैन । यसकारण, अब हुन गइरहेको निर्वाचनमा जनताले विचार गरेर उम्मेदवार छान्नुपर्छ । छानिएका या निर्वाचित उम्मेदवारहरू देशविरोधी, संविधानविरोधी र जनविरोधी भए भने देश समृद्ध र जनताले खुसी पाउने छैनन् ।
अबको निर्वाचनमा देशघाती दल र विदेशी पुँजीका दलाल उम्मेदवारहरूलाई हराउनुपर्छ । विदेशी पुँजीका दलाल उम्मेदवारहरूलाई जनताले राम्ररी चिन्नुपर्छ । दलगत र व्यक्तिगत स्वार्थको निम्ति काम गर्ने उम्मेदवारहरूलाई जनतामाझ उदाङ्ग्याउनुपर्छ । नेता तथा उम्मेदवारहरूले आफ्नो स्वार्थ हेर्ने होइन, आफ्नो स्वार्थ पूरा गर्न राजनीति गर्ने होइन । कालो धन कमाउने, ठेकेदार र बिचौलियाको घेरामा बस्ने उम्मेदवारहरू जनताका सच्चा प्रतिनिधि हुने छैनन् । जित्नको निम्ति जुनसुकै दलसँग गठबन्धन र तालमेल गर्ने काम प्रजातान्त्रिक पद्धति होइन, न त त्यो सैद्धान्तिक र वैचारिक कदम नै हो । त्यो बेइमानी काम हो ।
जुनसुकै दलसँग तालमेल नभए, नगरिए उनीहरूलाई हार्नेमात्र होइन सानो दल हुने चिन्ता पनि छ । निर्वाचनमा हारे या सानो दलमा परिणत भए इज्जतै जाने ठान्ने, पार्टी टिक्नै नसक्ने स्थितिमा पुग्ने मानसिकता बोक्ने दलको सिद्धान्त र विचार कसरी सही हुन्छ ? त्यस्तो दलमा रहेका नेताहरू कसरी सद्दे हुन्छन् ? तर, कुनै दल निर्वाचनमा हार्दैमा इज्जत गुम्ने होइन न त सिद्धान्त नै गलत भएको मानिन्छ । शासक दल र ठूला दलका नेताहरू निर्वाचनमा देख्ने र नदेख्ने गरी पैसाको खोलो नै बगाउँछन् । जनताको मत लिन उनीहरू साम, दाम, दण्ड र भेदको नीति अँगाल्छन् । सिद्धान्त र विचारलाई उनीहरू पाखामा लगाउँछन् ।
सिद्धान्त र विचार बन्धक राख्ने दल विश्वासघाती दल हो, जनतालाई धोका दिने दल हो । विश्वासघाती र धोका दिने दलका उम्मेदवारलाई मत दिएर के फेरि मतदाताले धोका खाने ? धोका दिएपछि मात्रै मन दुखाएर बस्ने ? यस्तो बेला आम जनता सचेत हुनुपर्छ । सबै मतदाता राजनीतिक, वैचारिक र सैद्धान्तिकरूपमा सुझबुझ हुनुपर्छ । गठबन्धन र तालमेल देशको राजनीतिक निकास होइन । तालमेलले जनताको समस्या समाधान गर्दैन । गठबन्धन सरकारले दिशा निर्देश गर्नसक्दैन । आ–आफ्नो दलको स्वार्थ प्रेरित दलका उम्मेदवारलाई निर्वाचनमा उदाङ्ग्याउनुपर्छ, छ्यास्नुपर्छ र हराउनुपर्छ । यसमा आम मतदाताहरू सचेत हुनुपर्छ ।
Leave a Reply