भर्खरै :

भोट कसलाई दिने ?

भोट कसलाई दिने ?

प्रजातान्त्रिक मुलुकमा चुनाव नजिकिँदै आएपछि चुनावबारे गाउँठाउँमा तर्कवितर्क हुनु स्वाभाविक हो । परिवार आफन्त, साथीभाइ पसल–पसलमा अब भोट कसलाई दिनुपर्ला ? कसलाई भोट दिएमा समाज र देशको विकास होला ? भन्नेबारे छलफल गर्नु सचेत मतदाताहरूको दायरामा पर्छ ।
यसपालि शर्मिला मामाघरमा दसैँको भोज जाँदा चुनावकै विषयमा बहस भयो । मामाले कुरा उठाउनुभयो, अब त मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुने भयो । यो स्थानीय चुनावजस्तो होइन । यो चुनावमा समाज र राष्ट्रलाई उज्ज्वल पार्ने प्रतिनिधिहरू चयन गर्ने हो ।
मामाको कुरा नसकिँदै भान्जा रमेशले जवाफ दियो, “मामा, चुनावमा जो जिते पनि के ? आफ्नो भुँडीमात्र भर्ने हो । म त जसले नोट दिन्छ उसैलाई दिन्छु ।”
शर्मिलाले मुख बिगार्दै रमेशलाई भन्यो, “रमेश, हामीजस्तो पढेलेखेकाहरू पनि पैसाको पछाडि दगुरे हाम्रा आमाबुबाजस्ता अशिक्षितहरूले के बुझ्लान् ? हाम्रो भोट त पैसा दिने, भोज खुवाउने, तेल राखिदिने, चामल दिनेलाई होइन निःस्वार्थरूपले देश र जनताको सेवा गर्नेलाई दिनुपर्छ ।”
भान्जाभान्जीहरूको कुरा सुनेपछि माइजूले पनि आफ्नो कुरा भन्न थालिन्, “भोट दिने आ–आफ्नो अधिकारको कुरा हो । म यस्तै गर, उस्तै गर त भन्दिनँ । तर, सोचेरमात्र भोट दिनुहोला । यसपालि तिमीहरूको बहिनी कमलाको बिहे हुन्छ । आफ्नो छोरी दिनलाई त हामीले केटा कस्तो छ ? के काम गर्छ ? समझदार छ कि छैन ? भन्नेबारे जानकारी लियौँ । अनिमात्रै कमलाको बिहे यही मङ्सिर ४ गते गर्ने निधो ग¥यौँ । अब तिमीहरू आफै सोच । मैले छोरीको भविष्य राम्रो गर्नको लागि यति धेरै विचार गरेँ भने हाम्रो देशको भविष्य राम्रो गर्ने बेला के हामीले राम्ररी सोच्नुपर्दैन ?
देशघाती सम्झौता गर्नेलाई दिने कि त्यसको विरुद्धमा सडक र सदनमा सङ्घर्ष गर्ने पार्टीलाई दिने ? नागरिकता विधेयक ल्याएर देश फिजी या सिक्किम गर्न खोज्नेलाई दिने कि देशलाई माया गर्नेलाई ? देशघातीहरूलाई या देशभक्तहरूलाई ? निर्णय तपाईँहरूको हातमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *