भर्खरै :

चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनको तयारी बैठक सम्पन्न, सी चिनफिङद्वारा अध्यक्षता

पेइचिङ, २९ असोज (सीआरआई) । चिनियाँ कम्युनिस्ट पार्टीको २० आँै महाधिवेशनले १५ तारिख दिउँसो ग्रेट हल अफ द पिपुलमा पूर्व तयारी बैठक आयोजना गरेको छ । बैठकको अध्यक्षता सी चिनफिङले गर्नुभएको थियो ।
चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनका प्रतिनिधि र ‘विशेष आमन्त्रित’ लगभग २ हजार ३ सय ७९ प्रतिनिधिहरू छन् । तयारी बैठकमा २ हजार ३ सय १० प्रतिनिधि र विशेष आमन्त्रित प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
बैठकले हात उठाएर मतदान गर्दै २२ सदस्यीय प्रतिनिधि योग्यता समीक्षा समितिको सूची पारित गरेको छ । यस्तै २४३ सदस्यीय सम्मेलनको अध्यक्ष मण्डलको सूची पारित गरेको छ भने वाङ हु निङलाई सम्मेलनको महासचिवमा अनुमोदन गरेको छ ।
बैठकले २० औँ महाधिवेशनको एजेण्डा पनि पारित गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनको अध्यक्ष मण्डलको पहिलो बैठक १५ तारिख दिउँसो सम्पन्न भयो। सी चिनफिङले बैठकमा भाग लिएर महत्वपूर्ण भाषण गर्नुभयो ।
बैठकका महासचिव वाङ हु निङको अध्यक्षतामा भएको बैठकमा सी चिनफिङसहित ४६ जना रहेको अध्यक्ष मण्डलको स्थायी समितिको सूचीलाई अनुमोदन गरिएको थियो ।
बैठकले चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनको योग्यता परीक्षा समितिले प्रतिनिधिहरूको योग्यतासम्बन्धी परीक्षा प्रतिवेदन पारित गरेको छ ।
प्रतिवेदनका अनुसार देशभरका विभिन्न निर्वाचन एकाइबाट कुल २ हजार २९६ प्रतिनिधि निर्वाचित भई केन्द्र सरकारको स्वीकृतिमा घोषणा गरिएको थियो । समीक्षापछि २ हजार २९६ प्रतिनिधिको योग्यता मान्य भएको पुष्टि भयो । सम्मेलनमा २ हजार २९६ प्रतिनिधिहरूको उपस्थिति हुनुपर्छ ।
प्रतिवेदनमा भनिएको छ कि सी चिनफिङको केन्द्रमा रहेको चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिले २० औँ महाधिवेशनको चुनावलाई ठूलो महत्व दिएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ महाधिवेशनको अभ्यासलाई केलाउँदै चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले २० औँ महाधिवेशनमा सहभागी हुन ८३ जना विशेष आमन्त्रित प्रतिनिधिहरूलाई नियुक्त गरेको प्रतिवेदनमा उल्लेख छ ।
अध्यक्ष मण्डलको बैठकले २० औँ महाधिवेशनको एजेण्डा पनि पारित गरेको छ । यो तालिकाअनुसार २० औँ महाधिवेशन अक्टोबर १६ तारिख बिहान खुल्नेछ र २२ अक्टोबरको बिहान सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *