भर्खरै :

निर्वाचन योग्य मान्छे छान्ने महत्वपूर्ण अवसर

निर्वाचन योग्य मान्छे छान्ने एउटा महत्वपूर्ण अवसर हो । मतदाताहरू मिठो भाषण र आकर्षक नारामा फस्ने बेला होइन । हामीले निर्वाचित गर्ने उम्मेदवारहरू देश र जनताप्रति जवाफदेही हुनुपर्छ, सक्षम र उत्तरदायी हुनुपर्छ । गलत व्यक्तिलाई मतदान गरेर मतदाताहरू ५ वर्ष पछुताएर बस्न नपरून् । यसकारण, अहिलेदेखि मतदाताहरू सचेत र गम्भीर हुनुपर्छ । विकासको नाउँमा विकासकै रकम सोहर्ने, गुण्डागर्दीको राजनीति गर्ने, पैसा बाँड्ने, अन्य आपराधिक व्यक्तिहरूलाई छानीछानी यो निर्वाचनमा हराउनुपर्छ ।
संसद्को बैठक छोडेर गैरसरकारी सङ्घ संस्थामा गएर पदको दुरूपयोग गरी अकुत सम्पत्ति कुम्ल्याउने, सिद्धान्त र विचार छोडेर दलगत र व्यक्तिगत स्वार्थमा लाग्ने र राजनीतिलाई पैसा कमाउने माध्यम बनाउने उम्मेदवारहरूलाई हराउने बेला पनि यही निर्वाचन हो । राजनीतिलाई दलको आम्दानी गर्ने व्यापार व्यवसाय बनाउनु हुँदैन । पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व सिद्धान्तमा मात्र सीमित हुनुहुँदैन । देशलाई दुरवस्थामा पु¥याउनेहरू नै सरकारमा पुग्छन् र रजाइँ गर्छन् । यी सबैको मूल्याङ्कन जनताले गर्नुपर्छ ।
मतदान गर्नु जनताको अधिकार हो । हो, हामी मतदान गर्छौँ तर हामीले बुद्धि पु¥याएनौँ भने आफ्नो अधिकार गलत ठाउँमा प्रयोग हुन्छ । योग्य मान्छे छानेर जिताउनुपर्ने हाम्रो मत कसैको लोभलालच र पैसामा बिक्नु हुँदैन । हाम्रो सानो स्वार्थको कारण गलत मान्छे जितेको हुन्छ, खराब आचरणका सांसदहरू प्रधानमन्त्री, मन्त्री बन्छन् । यसले देशलाई नोक्सान पु¥याउँछ । देश र जनताको समस्या हल गर्नुपर्ने सरकारले उल्टो झन् समस्या निम्त्याउँछ । यसतर्फ हाम्रो ध्यान जानैपर्छ । मतदाताले समयमा बुद्धि पु¥याएन भने यसको असर देश र जनतामा पर्छ । अब जनता चुक्नु हुँदैन । देशविरोधी दलका उम्मेदवारलाई जिताएर के आफू पनि देशविरोधी हुने ?
सीमा सुरक्षा भएन । अतिक्रमित भूमि फिर्ता लिन सकिएन । परराष्ट्र नीति अन्योल छ । कूटनीतिक पक्ष कमजोर देखियो । शासक दलहरू व्यक्तिगत र दलगत स्वार्थमा डुबे । दलभित्र अवसरवादी र संशोधनवादीहरू देखिए । नेता तथा कार्यकर्ताहरू देश, जनता र दलमा भन्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा झुमे । पद र पैसा नै आफ्नो जीवन ठाने । उम्मेदवार बन्नको निम्ति दल त्याग गर्न, विद्रोही उम्मेदवार बन्न र आफ्नै दलको विरोध गर्न पछि परेन । शासन प्रणाली स्वस्थ भएन । सुशासन भएन । विधिको शासन नाउँमात्रको रह्यो । के अब पनि हामीले यस्तै दुर्दशा निम्त्याउने दलका उम्मेदवारहरूलाई मतदान गर्ने ? फेरि गल्ती दोहो¥याउने ? अब कुनै पनि मतदाताले गल्ती नदोहो¥याऊन् । असल, योग्य, सक्षम तथा देश र जनताप्रति समर्पित उम्मेदवारलाई मतदान गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *