जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
भक्तपुर, १ कार्तिक । भक्तपुर नगरपालिकाको सेवा प्रवाह एवम् असल अभ्यासहरूको अध्ययन गर्न भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा आएका मित्रराष्ट्र इस्लामिक गणराज्य पाकिस्तानका स्वात स्थानीय सरकार प्रमुख एवं मेयर शाहीद अलीलगायतको प्रतिनिधिमण्डल टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मङ्गलबार एक कार्यक्रमबीच नगरपालिकामा स्वागत गर्नुभयो ।
उक्त स्वागत कार्यक्रममा प्रमुख प्रजापतिले जनप्रतिनिधिहरूको भ्रमणको आदानप्रदानले दुई देशको मित्रतालाई अझ प्रगाढ बढाउने विश्वास राख्दै नेपाली जनता र पाकिस्तानी जनताले धेरै विषयहरूमा समान समस्याहरू भोग्दै आइरहेको बताउनुभयो ।
उहाँले सिन्धु प्रान्तमा आएको बाढीका कारण भएको क्षतिको घटनाप्रति दुःख व्यक्त गर्दै बाढी पीडित पाकिस्तानी जनताको शीघ्र पुनःस्थापनाको लागि पाकिस्तान सरकार र त्यहाँका स्थानीय सरकारहरूलाई सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख प्रजापतिले नेपाल मजदुर किसान पार्टी वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यले स्थापना भएको कम्युनिस्ट पार्टी भएको बताउँदै पार्टीको नेतृत्व नेपालका वरिष्ठ कम्युनिस्ट नेता नारायणमान बिजुक्छेँ (रोहित) ले गर्दै आउनुभएको, २०७४ र २०७९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भक्तपुर नगरपालिकामा नेमकिपाका सबै उम्मेदवारहरूले जित हासिल गरेको अवगत गराउनुभयो ।
भक्तपुर नगरपालिकाको सङ्क्षिप्त परिचय दिँदै प्रमुख प्रजापतिले विकास निर्माण र सम्पदा संरक्षणको काम नगरपालिकाले स्थानीय जनता परिचालन गर्दै आएको र स्थानीय जनतालाई रोजगारीको सृजना, संरचनामा जनताको अपनत्व र गुणस्तरीय निर्माणको कारण भनपाले स्थानीय जनताको परिचालन गरी विकास निर्माणको काम सफलतापूर्वक सञ्चालन गर्न सम्भव भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “उत्पादनका साधनहरू सामाजिकीकरण गर्ने, शिक्षा र स्वास्थ्य उपचारको जिम्मेवारी राज्यले लिनुपर्ने मान्यताअनुसार हामी जनप्रतिनिधिहरूले काम गर्दै आइरहेका छौँ ।”
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको सेवा प्रवाह र सम्पदा पुनःनिर्माणको विषय समेटेर प्रस्तुतीकरण देखाउनुभएको थियो । अन्तरक्रियामा उठेका जिज्ञासामाथि प्रस्ट पार्दै उहाँले संविधान र कानुनले स्थानीय तहलाई प्रदान गरेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइलगायत अन्य विकास निर्माणका कामहरू गरी जनताको सेवा गरिरहेको प्रस्ट पार्नुभयो । भक्तपुर नगरपालिकामा महिलाहरूको साक्षरता बढ्दै गइरहेको बताउँदै नगरपालिकाद्वारा सञ्चालित कलेज तथा सङ्घ—संस्थाहरूमा महिलाहरूको सहभागिता र भूमिका उल्लेख्य रहेको बताउनुभयो ।
भेटमा पाकिस्तानका प्रमुख शाहीद अलीले भक्तपुर नपाले गरेको सौहार्दपूर्ण स्वागतको लागि धन्यवाद ज्ञापन गर्दै नगरपालिकाको सेवा प्रवाह र सङ्गठनस्वरूप तथा कार्यशैलीबाट आफू निकै प्रभावित भएको बताउनुभयो । नेपाल–पाकिस्तानबीचको सम्बन्ध आगामी दिनहरूमा अझ सुमधुर रहने विश्वास प्रकट गर्दै उहाँले भक्तपुर भ्रमण निकै उत्साहप्रद र उपलब्धीपूर्ण भएको बताउनुभयो ।
प्रस्तुतीकरणपश्चात् भएको अन्तरक्रिया कार्यक्रममा पाकिस्तानका प्रतिनिधिहरूले भक्तपुरको साक्षरताको अवस्था, भक्तपुर नपाबाट सञ्चालित कलेज तथा अन्य सङ्घ संस्थाहरूमा महिला सहभागिता, नगरपालिकाको प्रशासनिक सङ्गठन संरचना, भक्तपुर नपाको स्रोत तथा बजेट व्यवस्थापन र भक्तपुर नपा र देशका अन्य स्थानीय तहहरूबीचको अन्तरसम्बन्धबारे जिज्ञासाहरू राख्नुभएको थियो ।
कार्यक्रमपश्चात् प्रमुख प्रजापतिले पाकिस्तानका प्रमुख अलिलाई भक्तपुरको प्रसिद्ध मयुरको झ्याल र नपाका केही प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभएको थियो भने उपप्रमुख जोशीले अन्य प्रतिनिधिमण्डललाई नपाका प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभएको थियो । कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
भक्तपुर नपामा भएको स्वागत कार्यक्रमपश्चात् उपप्रमुख जोशीले प्रतिनिधिमण्डल टोलीलाई भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप मावि, ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ तथा ख्वप कलेज अफ इन्जिनियरिङ कलेजको स्थलगत अवलोकन भ्रमण गराउनुभएको थियो ।
उक्त भ्रमण टोलीमा खैबर पख्तुनख्वा र पन्जाब प्रान्तमा सञ्चालित जी.आई.जेड. पाकिस्तानको स्थानीय सरकार सहयोग कार्यक्रमका कर्मचारी र स्थानीय सरकारका प्रतिनिधिहरू उपस्थित थिए ।
Leave a Reply