लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
काठमाडौँ, ३ कार्तिक । “चिनियाँ कम्युनिस्ट पार्टी (चिकपा) को २० औँ महाधिवेशनको प्रतिवेदनमा रहेका चिनियाँ शैलीका आधुनिकीकरण, उच्च गुणस्तरको विकास, आपसी हित हुने खालको खुलापनको नीतिजस्ता कुरालाई मैले विशेष रूपमा लिएको छु । यी कुरा समग्रमा व्यावहारिक, जनताले सजिलै बुझ्ने र समयको मागअनुसार छन् ।”
उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष बिजुक्छेँले केही दिनअघि काठमाडौँमा अन्तर्वार्तामा भन्नुभएको हो ।
“बीसौँ महाधिवेशनको प्रतिवेदनमा चिनियाँ जनताप्रति चिकपाले गरेका प्रतिबद्धताका साथसाथै मानवजातिको अझ सुन्दर भविष्यबारे चिकपाको परिकल्पना पनि प्रतिबिम्बित भएको छ”, उहाँले थप्नुभयो ।
चिनियाँ शैलीको विकासबारे अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “यो चिकपाको एक ठूलो अगुवाइ हो जुन व्यवहारमा सफल पनि साबित भयो । समाजवाद भन्नाले हरेक परिवार समृद्ध र सुखी हुनुपर्छ भन्ने हो र चीन यही बाटोमा अघि बढिरहेको छ ।”
अध्यक्ष बिजुक्छेँको विचारमा चिकपासँग चीनको विकासबारे स्पष्ट योजना रहेको छ, लक्ष्यतर्फ दृढताका साथ अगाडि बढिरहेको छ, चिनियाँशैलीको आधुनिकीकरणले चिनियाँपुनर्जागरणलाई अगाडि बढाउनेछ र नयाँ युगको सुरुआत गर्नेछ ।
उहाँले भन्नुभयो, “माक्र्सवादबाट प्रभावित भएर नेमकिपाको स्थापना र विकास भएको हो । चिकपाले माक्र्सवादको आधारभूत सिद्धान्तलाई चीनको उत्कृष्ट परम्परा र संस्कृतिसँग समायोजन गरी अगाडि बढ्न सफल हुनु माक्र्सवादको निरन्तरता र विकास हो ।”
नेपालका (सिमाना जोडिएका) दुई छिमेकी देशमध्ये चीन पनि एक भएकोले अध्यक्ष बिजुक्छेँ नेपाल–चीनबीचको सामाजिक, आर्थिक तथा व्यापारिक सम्बन्धबारे विशेष चासो राख्नुहुन्छ । “चीनको उच्च गुणस्तरीय विकासले उच्च गुणस्तरका उपभोग्य सामानहरू उत्पादन गर्नेछ र अन्य देशहरू पनि सस्तो र गुणस्तरीय चिनियाँउपभोग्य सामानहरूबाट लाभान्वित हुनेछन्”, उहाँले भन्नुभयो ।
“ऐतिहासिक तथा व्यावहारिक दृष्टिकोणबाट हेर्दा आर्थिक तथा व्यापारिक आदानप्रदान नेपाल–चीन सम्बन्धको महत्वपूर्ण पाटो हो । अहिले हरेक नेपालीको घरमा चिनियाँसामानहरू प्रयोग हुन्छन् । उदाहरणको लागि जाडोमा प्रयोग हुने कम्बल र ज्याकेटहरू । भविष्यमा नेपाल–चीनबीच रेलबाटोलगायत विभिन्न यातायातका सुविधाहरू बढेसँगै चिनियाँआर्थिक नीति र विकासले नेपालको विकासमा नयाँ अवसर सृजना गर्नेमा म विश्वस्त छु”, उहाँले थप्नुभयो ।
“नेपाल–चीन सम्बन्ध एउटा लामो नदीजस्तो छ, जुन धेरै टाढाबाट सुरु भएर फराकिलो मैदानमा झर्छ । नेपाल–चीन सम्बन्ध सरकार र सरकारबीचको सम्बन्धमात्र होइन, यो राजनीतिक पार्टीहरूबीचको सम्बन्ध र दुई देशका जनताबीचको सम्बन्ध पनि हो । भविष्यमा हामीबीच थप सहकार्य र आदानप्रदान हुनेछ भन्ने आशा गर्दछु”, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
विश्व परिस्थितिबारे बीसौँ महाधिवेशनको प्रतिवेदनले उल्लेख गरेको विश्व शान्ति र विकासको प्रवद्र्धन र मानव जातिको साझा भविष्यको निर्माणप्रति उहाँको सहमति रहेको छ । चीनका धेरै अगुवाइहरू सबै देशको हितको निम्ति भएका छन्, कोरोना महामारीमा आफ्नै कठिनाइहरू पार गर्दै नेपाललगायत धेरै देशहरूलाई चीनले खोपलगायत महामारीविरुद्ध लड्ने सामग्रीहरू प्रदान गरेको पनि उहाँले सम्झना गर्नुभयो । “निरन्तर परिवर्तन भइरहेको विश्वको राजनीतिक तथा आर्थिक परिस्थितिमा पनि सम्पूर्ण मानव जातिको हित र साझा मूल्य प्रवद्र्धनको निम्ति चीनले गरेका प्रयासहरूको म प्रशंसा गर्छु”, उहाँले भन्नुभयो ।
अन्तर्वार्ताको अन्त्यमा अध्यक्ष बिजुक्छेँले चीनले थप समृद्धि हासिल गरोस् र चिनियाँ कम्युनिस्ट पार्टी आप्mनो मूल ध्येयमा सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
Leave a Reply