भर्खरै :

गोरखापत्रमा सत्ता गठबन्धनको चुनाव प्रचार !

गोरखापत्रमा सत्ता गठबन्धनको चुनाव प्रचार !

काठमाडौँ, ३ कार्तिक । निर्वाचन आचारसंहिता २०७९ अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा अर्धसरकारी संस्थानले पनि कुनै राजनीतिक दलको पक्षमा प्रचार गर्न पाइने छैन । तर, कार्तिक २ गतेको गोरखापत्र दैनिकमा सत्ता साझेदार तीन दलका नेताहरू नेका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गठबन्धन दलहरूको पक्षमा मतदान गर्न ‘संयुक्त अपिल’को सारसङ्क्षेप प्रकाशित भयो । के गोरखापत्रले सत्ता गठबन्धनलाई मतदान गर्न प्रकाशित अपिलको सारलाई समाचार बनाएर लेख्नु निर्वाचन आचारसंहिता उल्लङ्घन होइन ?
सत्ता गठबन्धनको पक्षमा निर्वाचन प्रचार गर्ने गोरखापत्रका सम्पादकलगायत सम्बन्धित अधिकारीहरूलाई पदबाट बर्खास्त गरी कैद एवं जरिवानासमेतको सजाय गर्नु जरूरी छ । साथै सत्ता गठबन्धनका नेताहरू आफै कार्यकारी अङ्ग भएर जनताको करबाट सञ्चालन भइरहेको गोरखापत्र दैनिकमा आफ्नो गठबन्धनको पक्षमा चुनाव प्रचारको विषय उल्लेख भएको अपिलको समाचार बनाउन सम्प्रेषण गर्नु आचारसंहिताको उल्लङ्घन नै हो । यसकारण, निर्वाचन आयोगले सत्ता गठबन्धनका ती नेताहरूको उम्मेदवारीसमेत खारेज गर्नु जरूरी हुन्छ । निर्वाचन आयोग सत्ता गठबन्धनको औजार बन्नु उचित होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *