लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
नेपालीहरू भारतीयहरूलाई किन रुचाउँदैनन् ?
७. अगस्ट २०१४ मा नेपालको संविधानसभामा प्रधानमन्त्री नरेन्द्र मोदीले उपस्थित नेता तथा सदस्यहरूबीच नेपालको सार्वभौमसत्ताप्रति भारतको सम्मानको पुष्टि गर्नुभयो । यसलाई सो सभाले गडगडाहट ताली बजाउँदैे स्वीका¥यो । नेपाल किन बारम्बार आफ्नो सार्वभौमसत्ताको सुरक्षा र रक्षाको कुरा गर्छ ? छिमेकीहरूबाट आफ्नो सार्वभौमसत्ताको पुष्टि किन चाहन्छ ? अन्य अवस्थामा, कुनै विदेशी नेताले आफूले अर्को देशको सार्वभौमसत्ताको सम्मान गरेको भनाइलाई निराधार मानिने छ । तर, नेपालमा छैन । नेपालमाथि कसैले नराम्रो नजर राखेको र सदा सजग रहनुपर्ने चिन्ता छ । पृथ्वीनारायण शाहको दिव्योपदेशले नेपाललाई दुई कडा चट्टानबीचको तरुलको रूपमा उल्लेख गरेको छ ।

सन् २०१४ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको संविधानसभालाई सम्बोधन गर्दै ।
तर, यसको अर्को अर्थ तरुल कुल्चन सकिन्छ भनिएको हो । भारतको स्वतन्त्रतापश्चात् र सन् १९४९ मा चीनमा कम्युनिस्ट पार्टीको विजयपछि तिब्बतमा चीनको वर्चस्व रहने हुँदा नेपालका राणा र कुलीन वर्गलाई स्वतन्त्र भारतसँग सन्धि गर्न उत्प्रेरित ग¥यो । तर, आज नेपालमा कम्युनिस्टहरूको आरोहणसँगै भारत चिन्तित हुनुपरेको छ । सन् १९९९ मा काठमाडौँबाट IC 814 को अपहरणपश्चात् भारतले काठमाडौँ विमानस्थलमा विमान सुरक्षा बलियो बनाउन उत्सुकता देखियो । हामीले हाम्रा यात्रुहरूको हेरचाह र सुरक्षा जाँच गर्न चाहेका थियौँ । तर, यो प्रस्तावलाई लिएर नेपालीहरू आक्रोशित भए । उनीहरूले सार्वभौमसत्ता सम्पन्न नेपाली भूमिमा भारतीय सुरक्षाकर्मीलाई कसरी अनुमति दिन सक्छन् ?
विशेषगरी ब्राह्मणहरू र क्षेत्रीहरू नेपालका शासकका रूपमा छन् । क्षेत्रीहरू सेना र सुरक्षाबलमा अझै पनि प्रभावशाली छन् भने ब्रा्मणहरू राजनीति र प्रशासनमा । यहाँसम्म कि मुलुकी ऐनले ब्राह्मण र क्षेत्रीहरूलाई शीर्षमा राखेर ब्राह्मणलाई मृत्युदण्ड नै दिन नपाउने र देश निकालासम्म गर्न मिल्ने व्यवस्था गरेको थियो । पहाडी सम्भ्रान्तहरू शासक हुन्, अरूहरू शासित !
८. नेपालमा राष्ट्रियतालाई पहाडी वा पहाडी भावनाका आधारमा परिभाषित गरिएको छ । देश सैन्यरूपमा शाह राजाहरूद्वारा एकीकरण गरिएको थियो र पहाडद्वारा पालनपोषण र संरक्षण गरिएको थियो । विशेषगरी ब्राह्मणहरू र क्षेत्रीहरू नेपालका शासकका रूपमा छन् । क्षेत्रीहरू सेना र सुरक्षाबलमा अझै पनि प्रभावशाली छन् भने ब्रा्मणहरू राजनीति र प्रशासनमा । यहाँसम्म कि मुलुकी ऐनले ब्राह्मण र क्षेत्रीहरूलाई शीर्षमा राखेर ब्राह्मणलाई मृत्युदण्ड नै दिन नपाउने र देश निकालासम्म गर्न मिल्ने व्यवस्था गरेको थियो । पहाडी सम्भ्रान्तहरू शासक हुन्, अरूहरू शासित ! जनजातिको सङ्ख्या एकतिहाइ रहेको मधेसीलगायत अन्य समुदायले यसलाई स्वीकार गर्ने अपेक्षा गरिएको छ । आफ्नो राजनीतिक करियरअगाडि बढाउने प्रयासमा रहेका नेपाली काङ्ग्रेसका एक महत्वाकाङ्क्षी वरिष्ठ मधेसी नेतालाई नजिकका एक उच्च अधिकारीले एकपटक नेपाल पहाडीद्वारा शासित देश भएको तथ्यलाई कहिल्यै नबिर्सन सल्लाह दिएको मलाई सम्झना छ ।

सन् १९९९ मा काठमाडौँबाट IC 814 को अपहरण भएको विमान अफगानिस्तानको कान्दाहार
९. भूगोल र सांस्कृतिक कारणबाहेक, आधुनिक नेपाली राष्ट्रवाद राजतन्त्रको मानसिकता र राजा महेन्द्रको शासनकालमा नेपालमा भए, गरेका राजनैतिक नीतिका उपज मान्न सकिन्छ । राणाको नजरबन्दमा परेका राजा महेन्द्रका पिता त्रिभुवनले प्रजातन्त्रको लागि नेपाली जनता र भारतसँग सहकार्य गरे तर महेन्द्र बुबाजस्तो प्रजातान्त्रिक थिएन । नेपालमा राणाहरूको आगमनपछि कुनै पनि राजाले सत्ता कब्जा गर्न र शासन गरेनन् । तर, राजा महेन्द्रले बिना कुनै हिचकिचाहट शासन आफ्नो हातमा लिए र कार्यकारी सम्राट बने । उनले सन् १९६० मा बहुदलीय प्रजातन्त्र समाप्त गरे र नयाँ संविधान ल्याए जसले दलविहीन पञ्चायत प्रणाली लाडे । यो पाकिस्तानमा मार्शल अयुबखानले ल्याएको जस्तै एक प्रकारको निर्देशित लोकतन्त्र थियो । नेहरूले यस कार्यलाई लोकतन्त्र र लोकतान्त्रिक प्रक्रियाको पूर्णविपरीत भएको प्रत्यागमनकारी कदम भनी आलोचना गर्दै यस्तो घटनालाई गम्भीर र खेदपूर्ण भएको भन्दै यसलाई ‘कू’ को संज्ञा दिए ।
(लेखकका विचारहरूमाथि आलोचनात्मक टिप्पणी निम्नानुसार प्रस्तुत गरिएको छ ।)
बुँदा ७ का सम्बन्धमा :
हो, नेपाल एक सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र राष्ट्र हो, यसमा दुविधा छैन । यो संयुक्त राष्ट्र सङ्घको सदस्य पनि हो । मोदीले नेपालको संसद्मा यो तथ्यलाई दोह¥याउनु किन गलत थियो ? लेखक रे ले मोदीसँग यति सामान्य कुरा पनि थाहा छैन भन्न खोज्नुभएको हो भने भारतीय संसद्मा उनको आलोचना हुनुपथ्र्यो । छिमेकी राष्ट्रको सार्वभौमसत्ताको पुष्टि गर्नु राजनीतिशास्त्र र कूटनीतिको कुन सिद्धान्त र नीतिविपरित हो लेखकले प्रष्ट पारेका छैनन् । पृथ्वीनारायण शाहको दिव्योपदेशको आशय तरुल कुल्चिन सकिन्छ भन्दा पनि दुई छिमेकसँग समदूरीमा रहेर काम गर्नु भन्ने अथ्र्याउन सकिन्छ । सन् १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टीको विजयपछि तिब्बत उनको अभिन्न अङ्ग बन्ने डर नेपाललाई होइन भारतलाई भयो र आर्यघाटमा पुगिसकेको राणा शासनलाई थामथुम पारी असमान सन्धि गर्न लगाई नेपाललाई उल्टै आफ्नो अधिनस्त बनाउने भारतको कुत्सित नियतबारे नेपालीहरू अनभिज्ञ छैनन् । नेपालको हवाई अड्डाको सुरक्षा गर्ने पहिलो जिम्मेवारी नेपाल सरकारकै हो ।

२००७ सालको क्रान्तिको सिलसिलामा नेपाली काङ्ग्रेसका नेता बीपी कोइराला (बायाँ), राजा त्रिभुवन (बीपीको बायाँ), नेहरु(फूलमालासहित) र मातृकाप्रसाद कोइराला नेहरुको (दायाँ)
सुरक्षामा कमी–कमजोरी जहाँ पनि हुनसक्छ । के आफूलाई अभेद्य ठान्ने अमेरिकाले सन् २००० को ट्वीन टावर हमलाको कल्पनासम्म गरेका होलान् ? हवाईजहाज अपहरण भएको निहुँमा अर्को देशमा आफ्नो सेना पठाउनुमा सुरक्षाभन्दा पनि बदनियत देखिन्छ । एक सार्वभौम र स्वतन्त्र राष्ट्रमा यो बोल्यो भने निहुँमा विदेशी सेनाको उपस्थिति गराउनु सामान्य परिस्थितिमा कदापि न्यायोचित होइन ।
बुँदा ८ का सम्बन्धमा :
पृथ्वीनारायण शाहले नेपाललाई ‘चार जात छतीस वर्णको फूलबारी’ को रूपमा व्याख्या गरेका थिए । यसको सोझो अर्थ नेपालको भौगोलिक विविधताअनुसारको जातीय विविधतालाई पनि स्वीकारेको देखिन्छ । लेखकले भनेजस्तै नेपालको राष्ट्रियता पहाडी राष्ट्रियता हो भन्नु उपयुक्त देखिँदैन । यति हुँदाहँुदै पनि कुनै देश विशेषको शासनसत्तामा हालिमुहाली कुनै निश्चित जात, परिवार, वर्ग वा क्षेत्रको आधिपत्य हुने उदाहरण धेरै छन् । भारतकै शासनमा पनि विहार र उत्तर प्रदेशका नेताहरूको आधिपत्य रहिआएको छ । नेपालमा बाहुन क्षेत्रीको बाहुल्य देखिन्छ । तर, मधेसीलाई मात्र वञ्चित गर्न खोजिएको भन्ने लेखकको निष्कर्ष सही छैन । बाहुन क्षेत्रीबाहेकका अन्य धेरै जातजातिहरू पनि शासन सत्ताको पहुँचबाट टाढै छन् ।
लेखकले भनेजस्तै नेपालको राष्ट्रियता पहाडी राष्ट्रियता हो भन्नु उपयुक्त देखिँदैन । यति हुँदाहँुदै पनि कुनै देश विशेषको शासनसत्तामा हालिमुहाली कुनै निश्चित जात, परिवार, वर्ग वा क्षेत्रको आधिपत्य हुने उदाहरण धेरै छन् । भारतकै शासनमा पनि विहार र उत्तर प्रदेशका नेताहरूको आधिपत्य रहिआएको छ ।
पूर्वराष्ट्रपति डा. रामवरण यादव मधेसी नै हुन्, उपराष्ट्रपति परमानन्द झा तथा शेख इद्रिस मेधसी नै हुन् । यी त लोकतन्त्रकालका भए । पञ्चायत कालमा पनि राजा महेन्द्रले परशुनारायण चौधरी, तुल्सी गिरी, मोहम्मद मोसिनजस्ता मधेसका नेताहरूलाई पनि शासन सत्ता सम्हाल्न दिएको देखिन्थ्यो । जतिजति पुँजीवादी बन्दोबस्त बलियो हुँदै जान्छ सत्ताको वरिपरि रही सत्ताको दोहन गर्न पल्केका सानो स्वार्थ समूहले नै सत्तामा हालिमुहाली चलाउने गर्छ । समाजवादी व्यवस्थामा मात्रै सबैको समान पहुँच हुने अवस्था हुन्छ ।
बुँदा ९ का सम्बन्धमा :
राजा वा प्रजा सबैले आफ्नो देशको हितको लागि गर्नु र सोच्नु कर्तव्य नै हो । आफ्नो देश र जनताको हित र स्वार्थको लागि काम गर्दा राष्ट्रवाद वा उग्रराष्ट्रवादको संज्ञा दिनु उचित होइन । राजा त्रिभुवनजस्तो छोरा महेन्द्र होइन भने तर्कमा कुनै दम छैन । उस्तै हुनुपर्ने भने होइन । त्रिभुवनले कसरी काम गरे भन्ने कुरा परिवेशमा पनि भरपर्छ । दुई राजाहरूका बारेमा नेपाली जनताको पनि आ–आफ्नै मूल्याङ्कन र धारणा छन् । राजा त्रिभुवनले भारतको स्वार्थमा धक्का पारेनन् होला । दिल्ली सम्झौता गर्नुपहिले उनलाई नेपाली काङ्ग्रेस र राणाका प्रतिनिधिसँगसँगै राखेर बैठक नगराएको तथ्य सर्वविदित्तै छ । राणा शासनको समाप्तिको लागि राजा र प्रजा मिलेर क्रान्ति गरे । तर, प्रजातन्त्रको पहिलो प्रधानमन्त्री नै राणालाई बनाएर भारतले नेका र राजा दुबै पक्षलाई कुहिरोको काग बनाए । भारतको यस चालले नेपाली जनताले आफ्नो प्रजातन्त्रको प्राप्तिको चाहनालाई समेत कुठाराघात गरेको बिर्सेको छैन । नेपालका लागि तत्कालीन भारतका राजदूत सी. पी. एन सिँहलाई प्रजातन्त्रको पहिलो मन्त्रिपरिषद्मा सचिवको रूपमा राखेको कारणले आज पनि नेपाली जनताले आफ्नो मनमा सूल घोचिरहेको महशुस गर्छन् । राजा महेन्द्रको नीतिप्रति सबै जनताको एउटै मत नरहला तर उनले देशलाई स्वावलम्बी र परनिर्भरताबाट जोगाउन त्यतिबेला गरेका पूर्वाधार निर्माणका कुराहरूलाई उनले ठीक गरेका हुन् भन्ने जनता पनि कम छैनन् ।
Leave a Reply