अन्तर वडा फुटसल प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न
- जेष्ठ ६, २०८३
भक्तपुर, ३ कार्तिक । भक्तपुर नगरपालिका वडा नं. १ को वडा कार्यालयसँगै रहेको भवनमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शिशुस्याहार केन्द्र भाज्या पुखुको पश्चिमतर्फको स्थानमा स्थानान्तरण गरिएको छ ।
सोही अवसरमा आयोजित अभिभावक भेलामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिशुस्याहार केन्द्रमा कार्यरत शिक्षिका तथा कर्मचारीहरूले असल व्यवहारबाट बालबालिकाहरूलाई हुर्काउने प्रयासमा लाग्नुपर्छ भन्नुभयो ।
जनताको चाहनाअनुसार अगाडि बढ्न नसके शिशुस्याहार केन्द्र विस्थापित हुने खतरा भएको उल्लेख गर्दै उहाँले भवन र संरचना राम्रो हुँदैमा सेवा प्रवाह राम्रो हुने नभई त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीहरूको मेहनतमा संस्थाको प्रगति हुने बताउनुभयो ।
उहाँले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण खेलकुद आदि क्षेत्रलाई प्राथमिकतामा राख्दै समाजवादउन्मुख अभ्यास गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामी सिङ्गो समाज बुद्धिजीवीकरण गर्ने अभियानमा छौँ । यस अभियानमा जनताको साथ र सहयोग पाए अझ अगाडि बढ्न हामीलाई प्रेरणा मिल्नेछ ।”
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले शिक्षित र सुसंस्कृत नागरिक तयार गर्ने उद्देश्यले भक्तपुर नपाले कलेज तथा शिशुस्याहार केन्द्रहरू व्यवस्थित ढङ्गले सञ्चालन गर्दै आएको चर्चा गर्दै बालबालिकालाई आफ्नो संस्कृति र सम्पदाहरूलाई माया गर्ने वातावरण सिर्जना गर्न शिक्षिकाहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले बालबालिकाहरूलाई सहजरूपमा सेवा प्रदान गर्ने उद्देश्यले २०५४ सालमा स्थापना भएको शिशुस्याहार केन्द्रले सयौँ बालबालिका हुर्काइसकेको बताउनुभयो ।
कार्यक्रममा शिशुस्याहार तथा बाल विकास केन्द्रका प्रमुख दीपेन्द्र प्रजापति र वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले पनि शिशुस्याहार केन्द्रबाट प्रवाहित सेवा सुविधाहरूबारे चर्चा गर्नुभयो ।
Leave a Reply