भर्खरै :

देवकोटा जयन्तीको अवसरमा साहित्य गोष्ठी

भक्तपुर, ४ कार्तिक । विद्यार्थी हित समिति वागीश्वरी मा.वि. एकाइ समितिको आयोजनामा शुक्रबार साहित्य गोष्ठी सम्पन्न भयो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा भएको उक्त कार्यक्रममा वागीश्वरी माविका प्राचार्य कृष्णप्रसाद धन्छाले महाकवि देवकोटाद्वारा लिखित साहित्यहरूको अध्ययन गरी विचार विमर्श कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष विलम सुवालले विद्यार्थी हित समितिबारे चर्चा गर्दै हित समितिलाई विद्यार्थीको चौतर्फी विकासमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विद्यालयका शिक्षकहरू रामलक्ष्मी अवाल हिरालाल फुँयाल र इन्द्रकुमार श्रेष्ठले महाकवि देवकोटाबारे बोल्नुभएको थियो ।
सनिस ह्याँेगोजूको अध्यक्षतामा भएको उक्त कार्यक्रमले इम्प्रेस सुवालको अध्यक्षतामा २० सदस्यीय विद्यार्थी हित समिति वागीश्वरी मा.वि. एकाइ समिति पुनः गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *