भर्खरै :

सहकारी समुदायलाई अगाडि बढाउने संस्था

भक्तपुर, ५ कार्तिक । ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को पन्ध्राँै वार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा उहाँले सहकारी संस्था व्यक्ति होइन समुदायलाई अगाडि बढाउने संस्था हो भन्नुभयो । व्यक्तिगत फाइदाको लागि सञ्चालन गर्ने संस्थामा बचत गर्दा बचत डुब्न सक्ने हुँदा समुदायमा आधारित संस्थामा मात्र बचत गर्न उहाँले अनुरोध गर्नुभयो । उहाँले नेमकिपाको उद्देश्य जनतालाई सचेत सङ्गठित गर्ने र कामदार वर्गलाई शासक वर्गमा लाने हो भन्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नगरपालिकाले सहकारी संस्थाहरूको अनुगमन गरिरहेको चर्चा गर्दै टोलको विकास निर्माणबारे बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि. का कोषाध्यक्ष कान्छाभक्त घजुले संस्थाको आर्थिक गतिविधि सकारात्मक छ भन्दै सहकारी ऐन नियम सुधार गर्नुपर्ने विषयमा सम्बन्धित निकायमा भक्तपुर जिल्ला सङ्घले ध्यानाकर्षण गरिरहेको बताउनुभयो ।
अर्का सल्लाहकार बालमुकुन्द बासुकलाले संस्थाको उत्तरोतर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।
ख्वप बचत तथा ऋण सहकारी संस्था लि. का सल्लाहकार कृष्णभक्त लघुले सहकारीमा आएको समस्या र विकृति विसङ्गतिबारे सरसल्लाह गर्नुपर्ने बताउनुभयो ।
संस्थाका सल्लाहकार कुमार लघुले संस्थाले विभिन्न विषयमा तालिमहरू सञ्चालन गरे शेयर सदस्य अझ सक्षम हुन्छ भन्नुभयो ।
ख्वप बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष राजकुमार लघुको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका सचिव लक्ष्मीनारायण सुवालले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष अमर बासुकलाले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक लक्ष्मीदास बासुकलाले लेखा परीक्षक प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रममा संस्थाका उपाध्यक्ष विकाश व्यान्जू र अतिरिक्त क्रियाकलाप उपसमिति सदस्य अजेन्द्रकुमार लघुले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा संस्था स्थापना गर्न योगदान पु¥याउने २५ जना संस्थापक सदस्य र ७० वर्ष नाघेका २७ जना ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *