सी–पुटिनबिच ‘अडिग’ र ‘रणनीतिक रूपमा बलियो’ सम्बन्धमा जोड
- जेष्ठ ६, २०८३
भक्तपुर, ५ कार्तिक । वागीश्वरी मावि र कलेज सञ्चिति कोषको छैटौँ साधारण सभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले बनाउनभन्दा भत्काउन धेरै सजिलो हुने हुँदा राष्ट्रियस्तरमा स्थापित वागीश्वरीलाई बिगार्न खोज्नेहरूप्रति सबै सचेत रहनुपर्ने बताउनुभयो ।
जनतासँग सरोकार राख्ने सबै संस्थाहरू निजी क्षेत्रलाई जिम्मा दिँदै जाने उदारवादी नीतिलाई सरकारले अवलम्बन गर्दै जाँदा अहिले सरकार कर्मचारीहरूलाई तलब खुवाउन पनि विदेशी ऋणको आश गर्दै परनिर्भरतातर्फ गइरहेको छ उहाँले भन्नुभयो ।
आत्मनिर्भर जीवन बिताउन सबै सम्भावनाहरू भएको यो देशमा ‘हामी सक्दैनौँ’ भन्ने सरकारको मानसिकताकै कारण निजी संस्था वा विदेशीहरूले मूल्य निर्धारण गर्दै नेपालीलाई महँगीमा जीवन बिताउन बाध्य पार्दै छ, उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा सांस्कृतिक आक्रमणसँगसँगै नागरिकता विधेयक पास गराएर भौतिक आक्रमण गर्नेतर्फ भारत अगाडि बढिरहेको छ ।”
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले सरकारी कर्मचारीलाई राज्यले दिएको सुविधाजस्तै वागीश्वरीले निजी शिक्षक कर्मचारीहरूलाई दिँदै आएको नौलो अभ्यास सञ्चिति कोषको स्थापना हो भन्नुभयो ।
कोष आर्थिक पक्ष भएकोले यसको सञ्चालनमा पारदर्शिता र जवाफदेहिताप्रति ध्यान दिन उहाँले अनुरोध गर्नुभयो ।
कार्यक्रममा कोषका अध्यक्ष धनकुमार श्रेष्ठद्वारा प्रस्तुत प्रतिवेदन संशोधनसहित पारित गरियो ।
कोषका अध्यक्ष एवम् वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कोषका संरक्षक एवं वागीश्वरी माविका प्राचार्य कृष्णप्रसाद धन्छा, कोषका सल्लाहकारहरू ज्ञानसागर प्रजापति, उकेश सुवाल, विश्वेश्वर मानन्धर र कविता प्रजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply