सी–पुटिनबिच ‘अडिग’ र ‘रणनीतिक रूपमा बलियो’ सम्बन्धमा जोड
- जेष्ठ ६, २०८३
पेइचिङ, ६ कार्तिक । पेइचिङमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो पूर्ण बैठकले आइतबार सि चिनफिङलाई पुनः पोलिटब्युरो स्थायी समिति सदस्य तथा महासचिव निर्वाचित गरेको छ । त्यस्तै बैठकले सि चिनफिङलाई पुनः केन्द्रीय सैनिक आयोगको अध्यक्षमा पनि निर्वाचित गरेको छ ।
बैठकपछि जारी विज्ञप्तिअनुसार उक्त बैठकको अध्यक्षता महासचिव सि चिनफिङले गर्नुभएको थियो भने बैठकमा २०५मध्ये २०३ केन्द्रीय समिति सदस्य तथा १७५ वैकल्पिक केन्द्रीय सदस्यमध्ये १६८ जनाको उपस्थिति थियो । दुई जना केन्द्रीय सदस्य र ७ जना वैकल्पिक केन्द्रीय सदस्य भने अस्वस्थताको कारण अनुपस्थित भएका थिए ।
सात सदस्यीय पोलिटब्युरो स्थायी समितिमा सि चिनफिङ, लि छियाङ, चाओ लेजि, वाङ हुनिङ, काइ छि, तिङ स्युसियाङ र लि सि निर्वाचित हुनुभएको छ । पोलिटब्युरो स्थायी समितिका सात मुख्य नेताहरूको अतिरिक्त २५ सदस्यीय पोलिटब्युरोमा सिङग्रुइ, वाङ यी, यिन लि, शि ताइफेङ, ल्यू चिङको, ल्यू कोचोङ, लि कान्जि, लि शुलेइ, लि होङचोङ, हे वेइतोङ, हे लिफेङ, चाङ युसिया, चाङ कोछिङ, चेन वेनछिङ, चेन चिनिङ, चेन मिनअर, युआन चियाचुन र ह्वाङ कुन्मिङ निर्वाचित हुनुभएको छ ।
चिकपा केन्द्रीय समितिको सचिवालय सदस्यहरूमा काइ छि, शि ताइफेङ, लि कान्जी, लि शुलेइ, चेन वेनमिङ, ल्यू चिङको र वाङ सियाओहोङ चुनिएका छन् ।
केन्द्रीय सैनिक आयोगको अध्यक्षमा सि चिनफिङ, उपाध्यक्षमा चाङ युसिया र हे वेइतोङ, सदस्यहरूमा लि शाङफु, ल्यू चेनली, मियाओ ह्वा र चाङ शेङमिन निर्वाचित हुनुभएको छ ।
केन्द्रीय अनुशासन निरीक्षण आयोगको सचिवमा लि सि र सहायक सचिवहरूमा ल्यू चिङको, चाङ शेङमिन, सियाओ पेइ, यु होङकु, फु कुइ, सुन सिनयाङ, ल्यू स्युसिन र चाङ फुहाइ निर्वाचित हुनुभएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय राजनीतिक ब्युरोका स्थायी सदस्यहरुले आइतबार बिहान चिनियाँ तथा विदेशी पत्रकारसँग साक्षात्कार गर्नुभएको छ ।
चिकपाको नयाँ यात्रा महिमा र सपनाले भरिएको अभियान
चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ केन्द्रीय समितिको राजनीतिक ब्युरोको स्थायी समितिका सदस्यहरूलाई चिनियाँ तथा विदेशी पत्रकारहरूसँगको साक्षत्कारमा सि चिनफिङले नयाँ यात्रा महिमा र सपनाले भरिएको यात्रा भएको कुरामा जोड दिनुभयो । खाका कोरिएको र बिगुल बजाइएको भन्दै सबैले कडा परिश्रम गर्नुपर्ने कुरामा उहाँले बताउनुभयो । साहसका साथ अगाडि बढ्दै उज्यालो भविष्य सिर्जना गर्न प्रयास गर्नुपर्ने कुरामा नेता सीले प्रस्ट पार्नुभयो ।
सि चिनफिङले यात्रा लामो रहेको र अगाडि स्पष्ट मार्ग देखिएको बताउनुभयो । अगाडिको बाटोमा चाहे तेज हावा होस् वा उथलपुथल ल्याउने छालहरू भए पनि जनता सधैँ बलियो समर्थन दिँदै सबैभन्दा शक्तिशाली विश्वास दिएको उहाँले बताउनुभयो ।
सुख र दुःख जे भए पनि सधैँ जनतासँग उभिनुपर्छ भन्दै जनतासँग गहिरो सम्बन्ध राख्नुपर्ने र जनताको राम्रो जीवनको चाहनालाई निरन्तर वास्तविकतामा परिणत गर्नुपर्छ भन्ने कुरामा सी चिनफिङले जोड दिनुभयो ।
सीले नयाँ यात्राका सामु नयाँ चुनौती देखापरेको पनि बताउनुभयो । धेरै सतर्कता कायम गरी दृढताका साथ पार्टीको शासन गर्नुपर्ने र सधैँ चिनियाँ जनताको सबैभन्दा भरपर्दो र बलियो शक्ति बन्ने विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
Leave a Reply