भर्खरै :

चीनलाई अरू मुलुकको विकास मोडेल चाहिँदैन

पेइचिङ, २४ अक्टोबर (सीआरआई) । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिले पत्रकार सम्मेलनको आयोजना गरी चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनको कार्य प्रतिवेदनको व्याख्या गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिअन्तर्गत प्रचार मन्त्रालयका उपमन्त्री सुन ये लीले चीनलाई अरू मुलुकको विकास मोडेल नचाहेको तथा अरू मुलुकलाई पनि आफ्नो चीनको विकास मोडेल निर्यात नगर्ने औँल्याउँदै अरू मुलुकलाई चीनको तरिका नक्कल गर्न आग्रह नगर्ने बताउनुभयो ।
हरेक मुलुकले आफ्नो राष्ट्रिय अवस्था अनुकूल विकासको बाटो खोज्ने प्रयासको सम्मान गरिनुपर्ने औँल्याउँदै उपमन्त्री सुनले ‘चिनियाँ शैलीको आधुनिकीकरण’ ले मानव जातिको आधुनिकीकरणलाई साकार तुल्याउन नयाँ छनोटको प्रदान गरेको भन्दै अन्तर्राष्ट्रिय समाजले चीनको अनुभव र तरिकाको जानकारी लिन चाहेको खण्डमा चीनले निष्पक्ष र वास्तविक जानकारी दिने तथा चीनले पनि अरू मुलुकको अनुभव सिक्न चाहने उपमन्त्री सुनले बताउनुभयो  ।
भ्रष्टाचारविरूद्धको लामो लडाइँमा दृढतापूर्वक विजय हासिल गरिने
चिनियाँ कम्युनिस्ट पार्टीको अनुशासन निरीक्षण केन्द्रीय आयोगको प्रचार विभागका निर्देशक वाङ च्येन सिनले भ्रष्टाचारविरूद्धको लामो लडाइँमा दृढतापूर्वक विजय हासिल गर्ने बताउनुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनको प्रतिवेदनको व्याख्या गर्दै चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पत्रकार सम्मेलनमा वाङ च्येन सिनले दस वर्षमा भ्रष्टाचारविरूद्धको लडाइँमा उपलब्धि हासिल गरिनुका साथै विश्वको ध्यानाकर्षण भए तापनि भ्रष्टाचारविरूद्धको लडाइँको अवस्था अझै गम्भीर र जटिल रहेको बताउनुभयो ।
उहाँले भ्रष्टाचारविरूद्धको लडाइँमा नेतृत्वदायी भूमिका खेल्ने पार्टीको जिम्मेवारी प्रणालीमा सुधार गर्दै भ्रष्टाचारविरूद्ध लड्न शून्य सहनशीलताका साथ दण्डित गर्न आवश्यक रहेको बताउनुभयो ।
सबै जनताको साझा समृद्धि हासिल गर्नु दीर्घकालीन ऐतिहासिक प्रक्रिया
चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको नीति अनुसन्धान कार्यालयका निर्देशक च्याङ चिन छ्यानले २४ अक्टोब रमा आयोजित पत्रकार सम्मेलनमा सबै जनताको साझा समृद्धि हासिल गर्नु नै दीर्घकालीन ऐतिहासिक प्रक्रिया भएको बताउनुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनको प्रतिवेदनको व्याख्या गर्दै चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पत्रकार सम्मेलनमा च्याङ चिन छ्यानले चीन अझै विकासोन्मुख देश रहेको उल्लेख गर्नुभयो । उहाँले आर्थिक तथा सामाजिक विकासका नियमहरू पालना गर्नुपर्छ भन्दै सामाजिक उत्पादक शक्तिहरूको थप विकास गर्नुपर्छ, निरन्तर सामाजिक सम्पत्ति सिर्जना र सञ्चय गर्नुपर्छ र जनताको जीवनस्तरमा निरन्तर सुधार गर्नुपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “प्रभावकारी कदम चाल्न, सक्रिय अवस्था सिर्जना गर्न, प्रणालीमा सुधार गर्न र आय वितरणको अन्तरलाई क्रमशः कम गर्न आवश्यक छ ।”
आधुनिक समाजवादी देशको चौतर्फी निर्माणको मुख्य काम उच्च गुणस्तरीय विकास
चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको दैनिक कार्यभार तथा सुधार कार्यालयका उपनिर्देशक एवम् राष्ट्रिय विकास तथा सुधार आयोगका उपनिर्देशक मु होङले २४ अक्टोब रमा कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनमा प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
उहाँले चिनियाँ कम्युनिस्ट पार्टीले उच्च गुणस्तरीय विकासलाई चौतर्फीरूपमा आधुनिक समाजवादी देशको निर्माण गर्ने प्राथमिक कार्यको रूपमा स्पष्ट पहिचान गरेको तथा विकासको गुणस्तरलाई विश्वव्यापी र दीर्घकालीन महत्वका साथ थप प्रकाश पारेको औँल्याउनुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनको प्रतिवेदनको व्याख्या गर्दै चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पत्रकार सम्मेलनमा उपनिर्देशक मु होङले चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनको प्रतिवेदनले उच्च गुणस्तरको विकासलाई कसरी प्रवद्र्धन गर्ने भन्ने रणनीतिक धारणा प्रस्तुत गरेको औँल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *