भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
भक्तपुर, ८ कार्तिक । नेपाल संवत् ११४३ को अवसरमा नेपालभाषा साहित्य तःमुंज्याले मङ्गलबार भक्तपुरमा ‘न्हु दँया भिन्तुना’ (नयाँ वर्षको शुभकामना) को कामना गर्दै सांस्कृतिक ¥याली ग¥यो । सूर्यमढी र तौमढी टोलबाट सुरु भएको सांस्कृतिक ¥याली बजार परिक्रमा गर्दै खौमामा पुगी सभामा परिणत भएको थियो ।
उक्त सभामा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले ¥यालीमा सहभागी वाद्यवादनको टोलीले भक्तपुर साँच्चै सांस्कृतिक नगर भएको विचार व्यक्त गर्नुभयो ।
कला र संस्कृतिलाई जीवन्तता दिन नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सांस्कृतिक सम्पदा जोगाउन सबैको सहयोगको खाँचो रहेको बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, सम्पदा र सरसफाइमा भनपाले गरिरहेको काम अनुकरणीय भएकोले अरु नपाका जनप्रतिनिधि र विदेशी पाहुनाहरूले पनि यहाँको कामको अनुभव लिन अवलोकन भ्रमण आइरहेको जानकारी दिनुभयो ।
उपप्रमुख जोशीले भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थल बनाउने उद्देश्यअनुरूप भनपाले काम गरिरहेको उल्लेख गर्दै बालीनाली राम्रो बनाउन प्राङ्गारिक मल राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेक्राकिसङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष गोविन्द दुवालले नेवार समुदायको उत्थान गर्न र शिक्षित बनाउन आफ्नै भाषामा शिक्षा दिन जोड दिने मास्टर जगतसुन्दर मल्लप्रति सम्मान व्यक्त गर्दै किसान समस्या देशको समस्या भएको हुँदा किसान समस्या समाधान भए देशको बहुमत जनताको सेवा हुने विचार व्यक्त गर्नुभयो ।
राजनीतिक र मौलिक अधिकार प्राप्त गर्न सङ्घर्ष गर्दै आएको चर्चा गर्दै उहाँले कमिसन पाउनकै लागि शासकहरूले देशमै रासायनिक मल कारखाना स्थापना नगरेको विचार व्यक्त गर्नुभयो ।
देशका शासकहरू भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको पिछलग्गू भएकोले देश परनिर्भर बन्दै गइरहेको उल्लेख गर्दै उहाँले समयमै मल, नयाँ नयाँ बीउबिजन, कृषि औजार र सिँचाइको सुविधा भए किसानहरूको जीवनस्तर माथि उठ्ने विश्वास व्यक्त गर्नुभयो ।
नागरिकता विधेयकले विदेशी नागरिक नेपालमा बस्ने बाटो खुला गर्ने हुँदा उक्त विधेयक खारेज गर्न र गराउन सङ्घर्ष जारी राख्नुपर्नेमा जोड दिँदै उहाँले जनताको समस्या समाधान गर्न सबै दलहरू लाग्नुपर्ने बताउनुभयो ।
सभाका सभापति एवम् नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशाकुमार चिकंबञ्जारले आफ्नो मातृभाषामा शिक्षा अध्ययनमा जोड दिने शिक्षाप्रेमी मास्टर जगतसुन्दर मल्लको योगदानको चर्चा गर्दै काम गरी खाने वर्गका जनतालाई पनि साहित्य लेखाउन तःमुंज्याको स्थापना भएको बताउनुभयो ।
नेपाल संवत्को प्रचारप्रसारमा योगदान पु¥याउने शङ्खधर साख्वाले ऋण मुक्त गर्न गरेको प्रयासको सराहना गर्दै उहाँले तर शासक दलहरूको बेवास्ताको कारण देश अझै ऋण मुक्त नभएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
सभामा ४२ औँ नेपालभाषा साहित्य तःमुंज्या आयोजक समितिका अध्यक्ष श्यामकृष्ण खत्रीले स्वागत मन्तव्य दिनुभएको थियो ।
सभाअघि सूर्यमढीमा भएको भेलामा तःमुंज्याका उपाध्यक्ष लक्ष्मीनारायण दुवाल, रमेश प्रजापति र तौमढीमा भएको भेलामा प्रेमगोपाल कर्माचार्य र केशव तमखुले देशका विभिन्न जनजाति, भाषाभाषी र संस्कृतिप्रेमीहरूको संरक्षण, संवद्र्धन र विकासको निम्ति तःमुंज्याले आवाज उठाइरहेको बताउनुभयो ।
सभापछि खौमामा रहेका मास्टर जगतसुन्दर मल्लको प्रतिमूर्तिमा पुष्पार्पण गरिएको थियो ।
¥यालीमा किसान, मजदुर, शिक्षक, युवा, विद्यार्थी, महिला, बुद्धिजीवी, साहुमहाजन, व्यापार–व्यवसायी, संस्कृतिकर्मी तथा डाफाभजन, वाद्यवादन समूहहरूको व्यापक सहभागिता थियो ।
Leave a Reply