भर्खरै :

चौबीसौँ विविध भाषा साहित्य सम्मेलन सम्पन्न

गठबन्धनका पार्टीहरूलाई जिताएमा देशको अस्तित्व नरहने

मध्यपुर, ८ कार्तिक । मध्यपुर थिमिको ताहाननी टोलमा २४ औँ विविध भाषा साहित्य सम्मेलन मङ्गलबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा शिक्षा तथा समाजसेवी कृष्णबहादुर प्रजापतिको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा अतिथि बिजुक्छेँले गठबन्धनको पार्टीलाई जिताएमा हाम्रो देशको अस्तित्व नरहने बताउनुभयो ।
“अहिले नै नेपालमा तराई क्षेत्रका मान्छेहरू ५२ प्रतिशत भइसकेका छन् । अहिलेको नागरिकता ऐन लागु गरे हाम्रो देश नहुन सक्छ”, उहाँले भन्नुभयो ।
जातीय राज्यले देशको भविष्य राम्रो नहुने स्पष्ट पार्दै अध्यक्ष रोहितले जातीय राज्यले हिन्दू र मुश्लिमको जस्तै युद्ध हुने खतरा हुन्छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले माओवादीले पाल्पा र दुल्लुको दरबारमा बम राखेर ध्वस्त पारेको तर भक्तपुर नगरले पुराना सम्पदाहरूको संरक्षण गरिरहेको र सम्पदा संरक्षण गरेकै कारण भनपामा आन्तरिक र बाह्य पर्यटन बढिरहेको प्रस्ट पार्नुभयो ।
विदेशीलाई सजिलै नागरिकता दिने बदनियतले नै नागरिकता विधेयक ल्याएको हुँदा उक्त कदम देशघाती भएको उहाँले स्पष्ट पार्नुभयो ।
ख्वप मा.वि.का प्राचार्य प्रकाशकुमार श्रेष्ठले भनपाले सञ्चालन गरेका ख्वप शैक्षिक संस्थाहरूमा सर्वसाधारण जनताका छोराछोरीहरूले कम शुल्कमा गुणस्तरीय उच्च शिक्षा पाइरहेको बताउनुभयो ।
जिल्ला बचत तथा ऋण सहकारी सङ्घका कृष्णगोविन्द लाखाले सहकारीका  विकृति र विसङ्गतिहरूबारे जानकारी गराउँदै सहकारीको सिद्धान्तअनुसार सहकारी संस्था चलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
मथिनपा वडा नं. ८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठले विविध भाषा साहित्य सम्मेलनको इतिहासबारे जानकारी दिँदै मथिनपाको महालक्ष्मी स्थानमा मानव अङ्ग प्रत्यारोपण अस्पताल बनाउनको लागि वडाले जग्गा उपलब्ध गराउने सिफारिस पठाइसकेको जानकारी दिनुभयो ।
मथिनपाले भनपाले जस्तै शैक्षिक संस्था खोल्न खोज्दा यहाँका शासक पार्टीका नेताहरूले रोकेको जानकारी पनि उहाँले दिनुभयो ।
कार्यक्रममा डा. रविन्द्रभक्त प्रधानाङ्गलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा अतिथि बिजुक्छेँले मानन्धर गँुला बाजा, मध्यपुर गुँला बाजा, थिमि गुँला बाजाका प्रतिनिधि र बोडे नीलबाराही नाचगणका प्रतिनिधि, बोडे जात्रामा जिब्रो छेड्ने बुद्धकृष्ण बाग श्रेष्ठ, बाजा गुरु श्रीगोपाल प्रजापति, ज्येष्ठ नागरिक हिराकाजी प्रजापतिलगायतलाई सम्मान गर्नुभएको थियो ।
सम्मेलन सुरु हुनुअघि बोडे खपला टोलबाट सांस्कृतिक ¥याली सुरु भई नगदेश बालकुमारी थिमि परिक्रमा गरी ताहाननीमा समापन भएको थियो ।
उक्त ¥यालीको भनपा प्रमुख सुनिल प्रजापति र सङ्गीत प्रशिक्षक पञ्चकृष्ण दलीले उद्घाटन गर्नुभएको थियो ।
¥यालीमा मध्यपुर नगरका विभिन्न सामाजिक सङ्घ–संस्था र विद्यालयहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *