क्युवाद्वारा संयुक्त राष्ट्रसङ्घमा अमेरिकी आरोप अस्वीकार
- कार्तिक १२, २०८३
यानआन, २८ अक्टोबर (सीआरआई) । चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशन हालै मात्र सम्पन्न भएको हो । उक्त महाधिवेशन सम्पन्न भएको एक साता पनि नबित्दै चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोका स्थायी सदस्यहरूले पल्लो शानसीको यानआनमा क्रान्तिकारी स्थलहरूको अवलोकन गर्नुभएको छ ।
राष्ट्राध्यक्ष सी चिन फिङ र अन्य सदस्यहरू सर्वप्रथम चिनियाँ कम्युनिस्ट पार्टीको सातौँ महाधिवेशन स्थल जानुभएको थियो । सो स्थलमा सन् १९४५को अप्रिलदेखि जुनसम्म सातौँ पार्टी महाधिवेशन आयोजना भएको थियो । त्यसपछि, राष्ट्राध्यक्ष सी चिन फिङ र अरू सदस्यहरू माओ च तुेङ तथा अन्य क्रान्तिकारीहरूको निवास स्थलको भ्रमण गर्नुका साथै क्रान्तिकारी स्थलको संरक्षणको बारेमा जानकारी लिनुभएको थियो । त्यसपछि राष्ट्राध्यक्ष सी चिनफिङ र अन्य सदस्यहरूले ‘यानआनमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको तेह्र वर्षसम्मको महान् यात्रा – इतिहास प्रदर्शनी’ अवलोकन गर्न यानआन क्रान्तिकारी मेमोरियल हल जानुभएको थियो ।
भ्रमणको अन्त्यमा राष्ट्राध्यक्ष सी चिन फिङले महत्वपूर्ण सम्बोधन पनि गर्नुभएको थियो । उहाँले यान आन चिनियाँ क्रान्तिको पवित्र भूमि र नयाँ चीनको जन्मभूमि भएको बताउनुभयो । उहाँले दृढ र सही राजनीतिक अभिमुखीकरण यानआन आत्माको सार हो भनेर औँल्याउनुभयो । उहाँले चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनले वर्तमान र भावी अवधिका लागि पार्टी र देशका प्रमुख नीतिहरू तर्जुमा गरेको र चिनियाँ राष्ट्रको महान् पुनरुत्थानलाई व्यापकरूपमा प्रवद्र्धन गर्ने ठूलो खाका तयार गरेको कुरामा जोड दिनुभयो । “अब नयाँ यात्रामा लागौँ, नयाँ लक्ष्यतर्फ प्रस्थान गरौँ,” उहाँले भन्नुभयो ।
Leave a Reply