भर्खरै :

मास्टर जगतसुन्दर मल्लप्रति एक स्मृति !

प्राचीन ऐतिहासिक नगर भक्तपुरका
एक चेतनशील शिक्षक
शोषण, दासता निरङ्कुशताविरोधी
परिवर्तनशील समाजका अग्रदूत !
नेपालभाषाका एक मजबुत खम्बा !

सदियौँदेखि अँध्यारोपथमा
ज्ञानको ज्योति बालेर अघि बढ्ने
समानताको शंखनाद गरेर
देश बोकी हिँड्ने साहसी मानव
मास्टर जगतसुन्दर मल्ल !

तिमीले सिकाएको ज्ञानको सुवास छरिरहेछ
यो फूलबारीमा जहाँ अज्ञानताले घेरिएको बस्तीमा
तिम्रो शिक्षा सेवा ! तिम्रो भाषा सेवा !
यो मातृभूमिको लागि एक पथ प्रदर्शक बनेको छ ।

तिम्रो लगनशीलता ! तिम्रो तपस्या !
यो नवयुगको आकाशमा एक आदर्शको नमुना हो
आफ्नो मातृभाषाबाट यो ज्ञानभूमिमा शैक्षिक चेतना जगाएर
यो पूण्त्ूमिमा ज्ञानको प्रज्ञा प्रज्ज्वलन गर्ने महान् गुरु हो ।

जीवनको हरेक मोडमा रतिभर नथाकेर
भाषासेवी, शिक्षासेवी भएर आफ्नो जीवन अर्पण गर्ने
ज्ञानको मन्दिरको उन्नति र प्रगतिको लागि
हरपल कम्मर कसी जीवनभर सामाजिक सेवा ग¥यो

आज तिम्रो महान् सेवाले हामी तिम्रो सम्झना गरिरहेका छौँ
यो धरतीमा तिम्रो गुणगान सधैँ गरिरहनेछौँ
जगतलाई सुन्दर शान्त पार्ने तिम्रो पथमा
भोलिका भविष्यका कर्णधारहरू अघि बढिरहनेछन् ।

(नेपाल संवत् ११४३ नव वर्षको उपलक्ष्यमा मास्टर जगतसुन्दर मल्लप्रति एक स्मृति कविता)
(उहाँको जन्मः वि.सं. १९३९ कार्तिक १५ गते, बुधबार
निधनः वि.सं. २००९ साउन १४ गते, मङ्गलबार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *