भर्खरै :

सिर्जनानगरमा विद्युत् सर्त हुँदा भएको आगलागीबाट एक करोडभन्दा बढीको क्षति

सिर्जनानगरमा विद्युत् सर्त हुँदा भएको आगलागीबाट एक करोडभन्दा बढीको क्षति

भक्तपुर, १६ कार्तिक । भक्तपुरको सिर्जनानगरस्थित एक कारखानामा भएको आगलागीबाट अन्दाजी १ करोड बराबरको धनमाल नष्ट भएको छ ।
साँझ करिब सात बजेर २५ मिनेटको समयमा कारखानामा विद्युत् सर्त भई आगलागी भएको खुलेको छ ।
भक्तपुर नगरपालिका १ सृजनानगरस्थित दीर्घमान कस्पालको जग्गा भाडामा लिइ रामहरि खत्रीले सञ्चालन गरिरहेको निरोज आइसक्रिम फ्याक्ट्रीमा भएको आगलागीबाट कारखानाको ५ वटा मोसा, जेनेरेटर फ्रिज, आइसक्रिम बनाउने उपकरण, टहरालगायत अन्दाजी १ करोडको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।
घटनामा कुनै मानवीय क्षति भने भएन । आगलागी नियन्त्रणका लागि नेपाली सेना इन्द्रबक्स गणबाट ३० जना, सशस्त्र प्रहरी बलका २१ जना, २० जना नेपाल प्रहरीसहित जुद्धबारुण भक्तपुरबाट ३ ओटा दमकल, काठमाडाँै महानगरबाट १ ओटा दमकल र स्थानीयले सहयोग गरेका थिए ।
आगलागी करिब पौने घण्टापछि नियन्त्रणमा आएको घटनाका प्रत्यक्षदर्शीले जानकारी दिए ।
नेमकिपाका सचिव प्रेम सुवाल, भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिलगायतले घटनास्थलमा पुगी स्थिति बुझ्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *