इसानका प्रअ र प्रतिनिधिहरूको भेला
- चैत्र ९, २०८१
भक्तपुर, १८ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख एवं स्थानीय स्काउट संरक्षक सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा स्थानीय स्काउट भक्तपुरको आयोजनामा नगरभित्रका संस्थागत तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक गोष्ठी कार्यक्रम भनपा सभाकक्षमा शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले सबै नागरिक समान हुने अनुशासित समाज निर्माण गर्न स्काउट शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने हुँदा विद्यालयहरूमा स्काउट शिक्षा पु¥याउन भनपा क्रियाशील छ भन्नुभयो ।
“स्काउटले विनम्रता, देशभक्ति, अनुशासन सिकाउँछ, इमानदार र साहसिक नागरिक भएर स्वयंसेवी भएर बाँच्न सिकाउँछ” उहाँले भन्नुभयो ।
सभ्य र सुसंस्कृत नागरिक तयार गर्ने भनपाको उद्देश्य रहेको स्पष्ट पार्दै उहाँले शिक्षाको माध्यमबाट त्यसलाई अगाडि बढाउन भनपाले शिशु स्याहारदेखि कलेजहरू सञ्चालन गरिरहेको बताउनुभयो ।
“विदेशीलाई नागरिकता दिएमा नेपालीहरूको हक खोसिन्छ । नेपालीहरूलाई सहजरूपमा नागरिकता दिनुपर्छ । कुनै पनि विदेशीलाई नागरिकता दिन १० पटक सोच्नुपर्छ”, प्रमुख प्रजापतिले भन्नुभयो ।
नागरिकता विधेयकमा हस्ताक्षर गर्नेहरूले देशघात गरेका छन् । त्यस्ताहरू शासनमा पुगे फेरि जनताले दुःख पाउनेछन्”, उहाँले भन्नुभयो ।
कार्यक्रममा उपप्रमुख एवं स्थानीय स्काउट प्रमुख रजनी जोशीले भनपाले ख्वप मोडेललाई अगाडि बढाउँदै नगरलाई सभ्य, सुसंस्कृत र सुरक्षित बनाउने प्रयत्न गर्दै नगरभित्रका ९२ वटै विद्यालयहरूमा स्काउट शिक्षा लागू गर्ने सोचमा रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले स्काउट शिक्षाले जीवनोपयोगी सीपहरू विकास गरी जीवनशैलीमा नै परिवर्तन गर्ने भएकोले यसको महत्व दिनानुदिन बढ्दै गएको चर्चा गर्नुभयो ।
भक्तपुर नगरपालिका शिक्षा शाखा प्रमुख एवं स्थानीय स्काउट सचिव कृष्णप्रसाद कर्माचार्यले विद्यालयहरूमा स्काउट शिक्षाले व्यवहारिक शिक्षा प्रदान गरी समाजलाई रूपान्तरण गर्न सकिने बताउनुभयो ।
कार्यक्रमका सभापति एवं स्थानीय स्काउट संयोजक कृष्णसुन्दर प्रजापतिले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नेपाल स्काउटका पूर्वराष्ट्रिय तालिम आयुक्त एवं बाग्मती प्रदेश स्काउट सल्लाहकार भक्त राजभण्डारीले स्काउटको महत्वबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रम सञ्चालन स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक बालकृष्ण बनमालाले गर्नुभएको थियो ।
Leave a Reply