भर्खरै :

चीन र जर्मनीले सहकार्य गरी विश्व शान्ति र विकासका लागि अझै धेरै योगदान गर्न सी चिनफिङद्वारा जोड

चीन र जर्मनीले सहकार्य गरी विश्व शान्ति र विकासका लागि अझै धेरै योगदान गर्न सी चिनफिङद्वारा जोड

पैचिङ, ४ नोभेम्बर । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले शुक्रबार पैचिङस्थित जन बृहत् सभा भवनमा चीनको भ्रमणमा रहनुभएका जर्मनीका चान्सलर ओलाफ सोससँग भेटवार्ता गर्नुभएको छ ।
राष्ट्राध्यक्ष सीले चान्सलर ओलाफ चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनको आयोजना भएपछि चीनको भ्रमण गर्नुहुने पहिलो यूरोपेली नेता भएको बताउँदै जर्मनीका चान्सलरको पद सम्हाल्नु भएयता चीनको पहिलोपटक भ्रमण गर्नुभएको पनि औँल्याउनुभयो ।
सीले यस पटकको भ्रमणले दुई पक्षको समझदारी र पारस्परिक विश्वासलाई घनिष्ठ पार्ने, विभिन्न क्षेत्रको व्यावहारिक सहयोगलाई सबल पार्ने विश्वास व्यक्त गर्नुभयो ।
सीले चालू वर्ष चीन र जर्मनीबिचको दौत्य सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव भएको भन्दै प्रभावशाली मुलुकको रूपमा चीन र जर्मनीले परिवर्तित स्थितिमा सहकार्य गरी विश्व शान्ति र विकासका लागि अझै धेरै योगदान गर्न जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *