कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
रोल्पा, २१ कार्तिक । रोल्पाबाट प्राप्त समाचारअनुसार नेपाल मजदुर किसान पार्टीको तर्फबाट रोल्पा जिल्लाको प्रतिनिधिसभा सदस्य उम्मेदवार नाति ह्योम्बालाई स्थानीय घर्ती गाउँमा मोटरसाइकलमा आएका केही व्यक्तिले निर्वाचन प्रचार नगर्न धम्की दिए ।
ती व्यक्तिहरूले नेमकिपाका उम्मेदवार र साथमा रहेका नेमकिपाका साथीहरूलाई “यहाँ अपहरणसमेत हुने’ भनी धम्की दिएको समाचारमा उल्लेख छ ।
उम्मेदवार ह्योम्बाको टोलीले रोल्पाको घर्ती गाउँमा पार्टीको घोषणापत्र र उम्मेदवार परिचय स्थानीय जनतालाई बाँड्दै मोटरसाइकलमा आएका ती व्यक्तिहरूले प्रचार नगर्न र अपहरणसमेत हुने धम्की दिएका थिए ।
नेमकिपाका उम्मेदवार ह्योम्बाले आफूलाई रोल्पाको घर्ती गाउँमा प्रचार नगर्न केही व्यक्तिले धम्की दिएको सूचना पार्टीका सचिव प्रेम सुवाललाई फोनमार्फत जानकारी दिनुभएपछि सचिव सुवालले उक्त व्यहोरा गृहमन्त्री बालकृष्ण खाण र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई जानकारी गराउनुभयो ।
गृहमन्त्री खाणले नेका र माओवादीको तर्फबाट रोल्पाका प्रतिनिधिसभाका उम्मेदवार सदस् य वर्षमान पुनलाई फोन गरी सचेत गराउने र नेमकिपाका उम्मेदवार ह्योम्बाको लागि आवश्यक भए सुरक्षाकर्मी व्यवस्था गरिदिने बताउनुभयो ।
सचिव सुवालले सो घटनाबारे माओवादीबाट प्रदेशसभाका उम्मेदवार जोखबहादुर महरा र रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेदवार पुनलाई जानकारी दिनुभयो ।
सचिव सुवालसँग जोखबहादुरले घटनाबारे वर्षमान पुनलाई जानकारी गराउने र त्यस्तो घटना दोहोरिन नदिने बताउनुभयो भने वर्षमान पुनले पनि नेमकिपाका उम्मेदवारलाई आफूले भेटेर निर्धक्कसँग प्रचार गर्न गराउन आग्रह गर्ने वचन दिनुभयो ।
निर्वाचनमा मित्रवत प्रतिस्पर्धा हुन्छ । वर्षमान पुनकै श्रीमती ओनसारी घर्ती काठमाडौँ क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् भने माओवादीका अर्का नेतृ पम्फा भुसाल ललितपुर क्षेत्र नं. ३ का उम्मेदवार थिए र हुन् । त्यसो त वर्षमान पुन पनि २०६४ सालको संविधानसभाको चुनावमा ललितपुरको उम्मेदवार थिए । प्रतिस्पर्धी पार्टी र उम्मेदवारलाई चुनाव प्रचार गर्न नदिने धम्की तानाशाही प्रवृत्ति हो । कुनै पनि प्रजातान्त्रिक पार्टी र उम्मेदवारले यस्तो धम्की दिँदैनन् ।
Leave a Reply