कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर २१, कार्तिक । नेपाल मजदुर किसान पार्टी चाँगुनारायण निर्वाचन परिचालन समितिको आयोजनामा सोमबार चाँगुनारायण ८, सुडाल, थाकलमाठमा चुनावी सभा सम्पन्न भयो ।
उक्त सभामा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् भक्तपुर क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रेम सुवालले निर्वाचन घोषणापत्रको लडाइँ, वर्गसङ्घर्ष र क्रान्तिको सङ्केत गर्ने ब्यारोमिटर भएको उल्लेख गर्दै नेपाल मजदुर किसान पार्टीको मादल चिह्नमा धेरै मत प्राप्त भए देशमा आमूल परिवर्तनको ढोका खुल्ने बताउनुभयो ।
सचिव सुवालले नेपाली काङ्ग्रेस, माओवादी, एमाले, राप्रपालगायतका शासक दलहरूले विदेशी पुँजीको सेवा गरेर देशघात गरेको हुँदा नेपालको प्राकृतिक स्रोत साधनमाथि भारतीय विस्तारवादले कब्जा जमाउँदै आएको उल्लेख गर्नुभयो । लुम्बिनीमा ध्यान गर्न बोलाइएका भारतीय प्रम मोदीलाई देउवा नेतृत्वको गठबन्धन सरकारले नेपालको तल्लो अरुण प्रसादको रूपमा दिएको अर्को देशघात भएको उहाँले स्पष्ट गर्नुभयो ।
उहाँले एमाले, माओवादीलगायतका कम्युनिस्ट नामधारी पार्टीहरूले रातो झन्डा खसाल्न रातै झन्डा उठाएको प्रसङ्ग उल्लेख गर्दै हरियो घाँसभित्र लुकेको सर्पलाई नेपाली जनताले समयमै चिन्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले जन्मको आधारमा विदेशीले पाएको नागरिकता खारेज नगरी तिनका सन्तानलाई वंशजको नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक खारेज गर्नुपर्नेमा जोड दिँदै नेपालमा नागरिकता समस्या समाधान गर्न नेपाल–भारत सीमा बन्द गर्नु जरुरी रहेको बताउनुभयो ।
उहाँले प्रतिनिधिसभा नीतिगत निर्णय हुने थलो भएको चर्चा गर्दै खाद्यान्न र ऊर्जामा आत्मनिर्भर बनाउन, विश्वविद्यालय शिक्षासम्म निःशुल्क गर्न, स्वदेशमै रोजगारीको व्यवस्थाको लागि नेपाल मजदुर किसान पार्टीले आवाज उठाउने उल्लेख गर्दै शासक दलहरूको घोषणापत्रमा स्थानीय तह र वडाकार्यालयसमेतको काम उल्लेख गर्नु अपरिपक्वताको सङ्केत हो भन्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशका समानुपातिक उम्मेदवार सृजना सैँजूले शासक दलका नेता कार्यकर्ताहरूले नेपालमा भ्रष्टाचार गरेको पैसा स्वीस बैङ्कमा लुकाएको चर्चा गर्दै मुट्ठीभरका शासकहरूको हातमा देशको अर्थतन्त्र पुग्नु देश श्रीलङ्काको बाटोतर्फ अग्रसर भइरहेका उल्लेख गर्नुभयो ।
उहाँले देशका ७० लाख युवालाई वैदेशिक रोजगारीको नाममा विदेशमा दासजस्तै बेच्न पठाएर देशलाई २० खर्बको ऋणमा डुबाउने सरकार जनताको हुन नसक्ने भएकोले देशघाती शासकहरूलाई नेपाली जनताले यो चुनावमा पराजित गर्नु जरुरी रहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीको तर्फबाट भक्तपुर क्षेत्र नं १ (क) मा प्रदेशसभा सदस्यका उम्मेदवार मिनबहादुर बाटाले एमसीसी सम्झौता पारित गराएर देशघात गरेको गठबन्धन सरकारले एसपीपीमार्फत् नेपाली सेनालाई पनि अमेरिकाको युटा राज्यको नियन्त्रणमा पु¥याउन खोजेको बताउनुभयो । एसपीपी कार्यक्रम संरा अमेरिकाले तत्कालीन सोभियत सङ्घबाट छुट्टिएका देशहरूलाई उत्तर एटलान्टिक सन्धि सङ्गठन ‘नाटो’ मा आबद्ध गराउने उद्देश्यसहित सन् १९९३ मा सुरु गरेको उहाँले बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति चाँगुका सन्तराम दुलालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समानुपातिक उम्मेदवार बलराम काफ्ले र करुणा तिमिल्सेनाले पनि मन्तव्य राख्नुभएको थियो ।
Leave a Reply