भर्खरै :

कैलाली क्षेत्र नं. २ मा चुनावी घरदैलो

कैलाली क्षेत्र नं. २ मा चुनावी घरदैलो

कैलाली, २१ कार्तिक । नेपाल मजदुर किसान पार्टी कैलालीको आयोजनामा निर्वाचन क्षेत्र नं. २ बचैला, गप्का र गुलरामा घर–दैलो तथा कोणसभा कार्यक्रम सोमबार भयो ।
कोणसभामा नेमकिपा कैलाली अध्यक्ष एवं क्षेत्र २ का उम्मेदवार रमेशकुमार रावलले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन भनेको नियम कानुन बनाउन थलो भएकोले कामदार जनताका प्रतिनिधि पठाउन मादलमा मतदान गर्न अनुरोध गर्नुभयो ।
उहाँले भन्नुभयो, “नागरिकता विधेयक पारित नभएको कारण नेपालमा भारतले अघोषित नाकाबन्दी गर्दै छ, रासायनिक मलको अभाव यसको ज्वलन्त उदाहरण हो ।”
कैलाली क्षेत्र नं.२ प्रदेश क्षेत्र नं.२ का उम्मेदवार दिपा विष्टले देशभक्त नेमकिपाको चुनाव चिह्न मादलमा मतदान गर्नु आग्रह गर्नुभयो ।
त्यस्तै कैलाली क्षेत्र नं.३ को लठुवा र मैनापोखरीमा भएको कोणसभामा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले मजदुर र किसानको राज्य व्यवस्था ल्याउन मजदुर र किसान नै सचेत र सङ्गठित हुन आवश्यक भएको बताउनुभयो ।
नेपाली काङ्ग्रेस नेतृत्वको गठबन्धन र एमाले नेतृत्वको गठबन्धन दुवै सारमा एकै सिक्काका दुई पाटा भएको र यी दुवै सिद्धान्तहीन गठबन्धन भएको उहाँले स्पष्ट पार्नुभयो ।
त्यस्तै आइतबार कैलाली क्षेत्र नं. २ को स्याउले, बाघमारा, चैनपुर, गुलौरा, गप्का हुँदै बर्चलामा घरदैलो कार्यक्रम भयो । आइतबार नै कैलाली क्षेत्र नं.३ को सुखड बजारमा प्रतिनिधिसभा र प्रदेशसभाको प्रचारप्रसार भयो ।
प्रचार प्रसारको क्रममा खगेन्द्रबहादुर शाही र कालीबहादुर शाहीले नेमकिपालाई किन्न मतदान गर्ने विषयमा स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *