आजको सङ्कटका कारक शासक दलहरू !
- कार्तिक १७, २०८३
भक्तपुर, १० भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले प्रत्येक व्यक्ति नागरिक भावनाबाट प्रेरित भई व्यावहारिक बन्नुपर्नेमा जोड दिनुभयो ।
स्थानीय तहको निर्वाचन २०७४ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरूलाई अत्यधिक बहुमतले विजयी गराउनुहुने वडावासी मतदाताहरूलाई धन्यवाद ज्ञापन तथा भनपामा निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई दिन नेमकिपा भनपा ८ को आयोजनामा सम्पन्न बधाई कार्यक्रममा अध्यक्ष रोहितले कमजोरी हटाई अझ राम्रो गर्न आलोचना र आत्मलोचनाको विकास गनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
अध्यक्ष बिजुक्छेंले समाज बिगार्न चाहनेले विभिन्न किसिमका जालझेल गरेर फसाउने कार्य गरिरहेको हुँदा सबै जनता सचेत हुनुपर्नेमा जोड दिनुभयो । कर्मचारीहरूको प्रयासले मात्र नगर सफा नहुने हुँदा सरसफाइ अभियान अगाडि बढाउनुपर्ने उहाँको कथन थियो ।
भनपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरलाई खानेपानी, स्वास्थ्य, शिक्षा तथा संस्कृतिलाई प्राथमिकता दिंदै अगाडि बढिरहेको बताउनुभयो ।
घर निर्माणमा हुने अनियमितताका कारण समस्याहरू बढ्दै गइरहेको बताउँदै उहाँले भन्नुभयो, ‘नक्सापास भएअनुसार निर्माण गरेमा कुनै सिकायत गर्नुपर्दैन ।’
परम्परागत शैलीमा निर्माण गर्ने भक्तपुर नगरका सबै व्यक्तिलाई मोहडाको निर्माणमा लाग्ने काठ र इँटाको रकममा ३५ प्रतिशत अनुदान रकम प्रदान गर्ने तथा नियमित रूपमा नगरपालिकामा कर बुझाउनेलाई ५० प्रतिशत छुट दिने उहाँले जानकारी दिनुभयो ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका उपाध्यक्ष सुरेन्द्रराज गोसाईले कसैले भन्दैमा राम्रो काम गर्न हतोत्साही हुन नहुने कुरामा जोड दिनुभयो ।
आयोजक समितिका अध्यक्ष कृष्णप्रसाद कोजूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जननिर्वाचित वडाध्यक्ष महेन्द्र खायमली, नेमकिपा लिवाली भेगीय समितिका अध्यक्ष केपी धन्छा, आयोजक समितिका रामसुन्दर बासीलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा वडाको सांस्कृतिक क्षेत्रमा उत्कृष्ट सेवा पु¥याउने ज्येष्ठ नागरिकहरू कृष्णकुमार बोहजू, इन्द्रबहादुर दुवाल, रत्नभक्त प्रजापति र हरिनारायण पोतामाहाँलाई सम्मान गरिएको थियो ।
Leave a Reply