सरकारी निर्णय राहतभन्दा आहत
- बैशाख ९, २०८३
मध्यपुर, २१ कार्तिक । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसारको क्रममा नेपाल मजदुर किसान पार्टीको आयोजनामा मध्यपुर थिमीको खाँसीमा चुनावी सभा भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कर्मचारीलाई तलब खुवाउन पनि विदेशीसँगै ऋण लिनुपरेको चर्चा गर्दै घोषणापत्रअनुसार भक्तपुर नगरपालिकाले झैं अन्य क्षेत्रमा पनि जनतालाई सस्तो र सहज रूपमा स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षा दिनुपर्ने बताउनुभयो ।
उहाँले समाजवादी व्यवस्थामा मात्र कामदार जनताको भविष्य राम्रो हुने धारणा राख्दै समाजवादी व्यवस्था स्थापनाको लागि नेमकिपाका उम्मेदवारहरूलाई जिताउन अनुरोध गर्नुभयो ।
भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार अनुराधा थापामगरले देश बचाउने दायित्व मतदाताको पनि रहेको धारणा राख्दै जनताको मतलाई भोजभतेर तथा केही रकम दिएर शासक दलहरूले अवमूल्यन गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो चुनावलाई पनि स्थानीय तहकै रूप दिएर विकासका अनेकौँ नाराले मतदातालाई आफूतिर तान्न ठूला दल गठबन्धन गरिरहेको छ । शासक दलको कारण देशले हार्ने सम्झौता खारेज गर्न नेमकिपाले संसददेखि सडकसम्म सङ्घर्ष गरिरहने छ ।”
भक्तपुर क्षेत्र नं. २ प्रदेशसभा (क) का उम्मेदवार सरोजराज गोसाइँले भूकम्पको समयमा जारी संविधानको विरुद्ध भारत सरकारले गरेको अमानवीय नाकाबन्दी हटाउन सर्वप्रथम नेमकिपाले संसदमा आन्दोलन सुरु गरेको बताउँदै गठबन्धनले पठाएको नागरिकता विधेयकमा अङ्गीकृत नागरिक र २०६३ पछि नागरिकता पाएका भारतीयलाई वंशजको नागरिकता दिने प्रावधान रहेको बताउनुभयो ।
उहाँले नेमकिपाले अहिले चुनावमा देशभर ५८ जिल्लामा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार देशको सार्वभौमिकता बचाउन उठाएको बताउनुभयो । सोही सभामा भक्तपुर क्षेत्र नं. २ प्रदेशसभा (ख) का उम्मेदवार रमेश वैद्यलगायतले बोल्नुभएको थियो ।
Leave a Reply