भर्खरै :

प्रतिनिधिसभामा नेमकिपाका प्रतिनिधिहरू आवश्यक

प्रतिनिधिसभामा नेमकिपाका प्रतिनिधिहरू आवश्यक

काठमाडौँ, २२ कार्तिक । नेपाल मजदुर किसान पार्टीको काठमाडौँ क्षेत्र नं. २ अन्तर्गतको शङ्खरापुर नगरपालिकामा नेमकिपाका उम्मेदवारहरू अनिल श्रेष्ठ, कमलबहादुर डंगोल र रामप्रसाद भट्टराईको नेतृत्वमा घरदैलो, ¥याली र कोणसभाको आयोजना गरियो ।
काठमाडौँ क्षेत्र नं. २ का उम्मेदवार अनिल श्रेष्ठले ठुला पार्टी भनाउँदा काङ्ग्रेस, एमाले र माओवादीले जसरी भए पनि चुनाव जित्ने उद्देश्यले गठबन्धन गरिरहेको बताउनुभयो ।
प्रदेशसभा काठमाडौँ क्षेत्र नं. २(१) का उम्मेदवार कमलबहादुर डंगोलले विगत ३३ वर्षदेखि शासन गरेका शासकहरूले देश र जनताको हितमा केही गर्न नसकेको विचार व्यक्त गर्दै प्रत्येक चुनावमा आश्वासनको पोको बाँड्दै जनतालाई झुक्याएर शासन गरिरहेको बताउनुभयो ।
काठमाडौँ क्षेत्र नं. २(२) का नेमकिपाका उम्मेदवार रामप्रसाद भट्टराईले नेपाल मजदुर किसान पार्टीका प्रतिनिधि संसदमा नभए शासकहरूले गर्ने अनैतिक कामको बारेमा जनताले थाहा नपाउने बताउनुभयो ।
सभामा नेपाल क्रान्तिकारी मजदुर सङ्घका उपेन्द्र सुवालले दलाल, भ्रष्टाचारी र कालाबजारीहरूलाई निर्वाचनमा जिताए देशले हार्नेछ भन्नुभयो ।
चुनावमा फेरि ती नै शासकहरू जितेको खण्डमा देशघाती विधेयकहरू ल्याएर पास गर्ने सम्भावना हुने हुँदा मादल चिह्नमा छाप लगाई देश जोगाउनु हुन उहाँले अनुरोध गर्नुुभयो । घरदैलो पछि भएको कोणसभामा विश्वराम त्वायनाले पनि बोल्नुभएको थियो ।
यस्तै घरदैलो कार्यक्रम काठमाडौँको क्षेत्र नं. ८ मा पनि भयो । नेमकिपाका प्रतिनिधिसभाका उम्मेदवार कृष्णमाया मानन्धरको नेतृत्वमा भएको सो भेटघाट तथा घरदैलो कार्यक्रमअन्तर्गत वसन्तपुर, मखन, इन्द्रचोक, इटुम्बहाल, यट्खा आदि क्षेत्रमा भएको थियो । यसको अघिल्लो दिन पनि सो क्षेत्रका विभिन्न स्थानमा घरदैलो कार्यक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *