भर्खरै :

नेमकिपाप्रति आशा जागेको मतदाताको विचार

नेमकिपाप्रति आशा जागेको मतदाताको विचार

झापा, २४ कार्तिक । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन दलका उम्मेदवारहरूलाई मत नदिने जनताको गुनासो छ ।
नेपाल मजदुर किसान पार्टीले आफ्नो घोषणापत्रअनुसार भक्तपुरलाई देशकै नमुना सहर बनाएकोले जनताको आकर्षण बढेको हो ।
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीको तर्फबाट झापा जिल्ला प्रतिनिधिसभा क्षेत्र नं.२ का उम्मेदवार महेन्द्र खायमलीले बताउनुभएको हो ।
घरदैलोमा व्यस्त रहेका खायमली एमालेका देवराज घिमिरे तथा गठबन्धनका उम्मेदवार हरिकुमार राना मगरका सशक्त प्रतिस्पर्धी हुनुहुन्छ ।
झापा जिल्ला क्षेत्र नं. ३ का लागि नेमकिपाका उम्मेदवार कृष्णगोपाल छुस्याबागले देशघाती एमसीसी, एसपीपी सम्झौता तथा नागरिकता विधेयक खारेज गराउन नेपाल मजदुर किसान पार्टीले गरेको आन्दोलनबाट जनता प्रभावित भइरहेको बताउनुभयो । उहाँको प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका कृष्णप्रसाद सिटौला र राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन हुनुहुन्छ ।
झापा जिल्ला क्षेत्र नं.४ मा एमालेका उम्मेदवार लालप्रसाद साँवा लिम्बू र नेपाली काङ्ग्रेसका देउकुमार थेवेलाई जनताले घरदैलोको क्रममा अवरोध गर्दै गर्दा नेमकिपाका उम्मेदवार विक्रम कासिछ्वा घरदैलोमा देख्दा जनतामा आशा जागेको स्थानीय मतदाता बताउँछन् ।
झापा क्षेत्र नं. ५ मा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सशक्त प्रतिद्वन्द्वीको रूपमा नेमकिपाका रुद्रप्रसाद दाहाल हुनुहुन्छ । नेकपा एमालेको सरकार बन्दा कम्युनिस्ट विचार र जनताको भावनाअनुसार काम नभएका कारण नयाँ अनुहार र पार्टीलाई समर्थन गर्ने दमकका जनताले बताएका छन् । केहीले भने स्वतन्त्र उम्मेदवारहरूलाई समर्थन गर्ने कुरा उठाइरहेका छन् । नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरूले घरघरमा आफ्नो पार्टीको पर्चा र घोषणापत्र वितरण गर्दै जनतालाई सचेत पार्दै गर्दा बाँकी दलहरूले भने विकासका आश्वासन बाँड्दै गरेको जनताको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *