निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रचारको क्रममा बुधबार काठमाडौँ क्षेत्र नं. १० अन्तर्गत चोभारमा घरदैलो र कोणसभा भयो । चोभारमा भएको कोणसभामा काठमाडौँ क्षेत्र नं. १० का प्रतिनिधिसभा उम्मेदवार नारायण महर्जनले विगत सरकारको ३३ वर्षको हिसाब खोज्नुपर्ने बताउनुभयो ।
त्यसैगरी बुधबार साँझ कीर्तिपुर नपा १० वडास्थित ल्वं देगमा भएको सभामा क्षेत्र नं. १० का उम्मेदवार हरिकृष्ण महर्जन र प्रतिनिधिसभाका उम्मेदवार श्रीकृष्ण महर्जनले देश र जनताको सेवामा सङ्घर्षरत पार्टी नेमकिपाका उम्मेदवारलाई मत दिन आग्रह गर्नुभयो । सभामा कान्छाबाबु महर्जनले पनि बोल्नुभएको थियो ।
Leave a Reply