रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
भक्तपुर, २३ कार्तिक । “शासक दलहरूको राजनीति पद र भागबन्डामा आधारित छ । उनीहरू देश र जनताको पक्षमा सङ्घर्ष गर्दैनन् र प्रजातन्त्रलाई जीवनपद्धतिको रूपमा विकास गर्दैनन् ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ
(रोहित) ले निर्वाचन परिचालन समिति भक्तपुर वडा नं २ र ३ को आयोजनामा भएको पर्यटन व्यवसायसित आबद्ध व्यक्तिहरूको भेला तथा छलफल कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
जातीय राजनीतिबाट नेमकिपा टाढा रहेको स्पष्ट पार्दै उहाँले क्षेत्रीय र जातीय राजनीतिले द्वन्द्व सिर्जना हुने विचार व्यक्त गर्नुभयो ।
निर्वाचन जनताको चेतनास्तर नाप्ने मापन भएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले चुनावमा मत धेरैमात्र ल्याएर हुँदैन सामन्ती संस्कार नै परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।
नक्कली काम गरेर जनताको विश्वास जित्न नसक्ने चर्चा गर्दै उहाँले देश र जनताप्रति समर्पित भएर इमानदारीपूर्वक काम भएमा धेरै सेवा र प्रगति गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “साम्राज्यवाद रहेसम्म संसारमा युद्ध भइरहन्छ । युक्रेनलाई उचालेर एसियामा तेस्रो विश्वयुद्ध गर्ने साम्राज्यवादी अमेरिकाको चाल हो, चीनमाथिको व्यापार युद्ध यसको अर्को पूर्वाभ्यास हो ।”
असंलग्न परराष्ट्र नीतिको मान्यताअनुसार युक्रेनको सन्दर्भमा नेपाल तटस्थ हुनुपर्ने विचार व्यक्त गर्दै उहाँले अमेरिकाको दबाबमा नेपाल युक्रेनको पक्षमा लाग्नु ठीक होइन भन्नुभयो ।
“भारतीयहरू नेपाल पसेर यहाँको सामाजिक सद्भावमा खलल पु¥याउन सक्ने, हतियार ओसारपसार गर्ने हुँदा नेपाल–भारत सीमा बन्द गर्नुपर्छ”, उहाँले बताउनुभयो ।
नेमकिपाका सचिव एवम् प्रतिनिधिसभा भक्तपुर क्षेत्र नं १ का उम्मेदवार प्रेम सुवालले राजनीतिक नेतृत्वमा दूरदृष्टि हुनुपर्नेमा जोड दिँदै शासक दलहरू पद, पैसा र सुविधामा भुलिरहेको बताउनुभयो ।
विद्यालय शिक्षा अनिवार्य र विश्वविद्यालयको शिक्षा निःशुल्क गराउन संसद्बाट नीति नियम बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले नेमकिपाले भक्तपुरको मात्र होइन देशभरिका जनताको सेवा हुने काम गरिरहेको बताउनुभयो ।
भक्तपुरको सल्लाघारीको जग्गा शिक्षामा उपयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले उक्त जग्गामा भनपालाई विश्वविद्यालय खोल्न स्वीकृति नदिनु शासक दलको षड्यन्त्र हो भन्नुभयो ।
छलफल कार्यक्रममा वयोवृद्ध नागरिक बेलबहादुर कायष्ठले नेमकिपाका उम्मेदवारहरू अत्यधिक मतले विजयी होस् भनी शुभकामना दिनुभयो ।
रवीन्द्र खर्बुजाको सभापतित्वमा भएको सो भेलामा विनोदचरण राय, रामसुन्दर खाताखो र रामसुन्दर भैलले पनि बोल्नुभएको थियो ।
Leave a Reply