डब्लुएचओद्वारा ऐतिहासिक महामारी सम्झौता स्वीकृत
- जेष्ठ ७, २०८२
सिन्धुली, २५ कार्तिक । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले सिन्धुली क्षेत्र नं. १ मा चुनाव प्रचार प्रसार गरेको छ ।
पार्टीको तर्फबाट क्षेत्र नं. १ का उम्मेदवार चित्रलाल श्रेष्ठले शासक पार्टीहरूले निर्वाचन घोषणापत्रअनुसार काम नगरेको हुँदा आउँदो निर्वाचनमा तिनीहरूलाई पराजित गर्न नेमकिपाको मादल चिह्नमा मतदान गर्न आग्रह गर्नुभयो ।
प्रदेशसभा सदस्य राजाराम बासीले देशको सार्वभौमिकता रक्षाको लागि नेमकिपालाई विजयी गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
माटो सुहाउँदो समाजवादउन्मुख देश बनाउन र सन्तुलित विकासको निम्ति देशमा ऐन, कानुन बनाउन स्थानीय बुद्धिजीवीहरूसँग छलफल गर्नुपर्नेतर्फ नेमकिपाले सरकारको ध्यानाकर्षण गरिरहेको चर्चा गर्दै उहाँहरूले जनताको सांस्कृतिकस्तर उठाइ गाउँ र सहरको विकास गर्ने प्रतिबद्धता मतदातासमक्ष राख्नुभएको थियो ।
पार्टीका उम्मेदवारहरू कृष्णसुन्दर मचामसी, पुण्यराम न्हुछेले भिमान, चन्दुरपुर, खुरकोट, मुलकोट, कन्याखर्क, दकाहा, दुधौली, चकमके, जिनखु, डुँड भञ्ज्याङ, मझुवा दोभान, विजयपुर शाखामाडी, बेलघारीलगायतका क्षेत्रमा घरदैलो कार्यक्रम गरी मादल चिह्नमा मतदानको लागि आग्रह गर्नुभएको थियो ।
Leave a Reply