तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
चितवन, २५ कार्तिक । प्रतिनिधिसभा क्षेत्र नं. १ अन्तर्गत पर्सा, वीरेन्द्रनगर, भन्डारा र लोथरलगायत क्षेत्रमा चुनावी प्रचारप्रसार कार्यक्रम भयो ।
खैरहनी नगरपालिकास्थित पर्सा बजारको कोणसभामा नेपाल मजदुर किसान पार्टी चितवन जिल्ला उपाध्यक्ष राजकुमार श्रेष्ठले देशघाती एमसीसी सम्झौता पास गर्ने, देशघाती नागरिकता विधेयक पास गर्न तम्तयार हुने शासक दलहरू लाज पचाएर जनतामाझ मत माग्न आइरहेका छन् भन्नुभयो । यिनीहरूलाई जनताले मत दिनुभन्दा देशको उद्योग, कलकारखाना किन बेचेर खाएको र ठूलठूला नदीनालाहरू बेचेर किन खाएको भनी प्रश्न गर्ने बेला आएको उहाँले बताउनुभयो ।
राप्ति नगरपालिका– ७ स्थित वीरेन्द्रनगर बजारको कोणसभामा नेपाल मजदुर किसान पार्टी जिल्ला सचिव ज्ञानेन्द्र चेपाङले नेपाल कृषिप्रधान देश भए पनि किसानहरूले समयमै मल पाउन नसक्नु शासक दलहरूको कमजोरी हो भन्नुभयो । उहाँले शासक दलहरू नेपालमा कृषि मल कारखाना नखोली भारतबाट मल ल्याएर कमिसन खान पल्केको भन्नुभयो ।
भण्डारको कोणसभामा नेपाल मजदुर किसान पार्टी चितवन क्षेत्र नं. १ प्रतिनिधिसभा प्रत्यक्ष उम्मेदवार अर्जुन चेपाङले शासक दलहरू झूटो आश्वासन बाड्ँदै फेरि जनताको घरदैलोमा आउन थालेको हुँदा जनता सचेत हुनुपर्छ भन्नुभयो ।
Leave a Reply