श्रीलङ्काका नयाँ राष्ट्रपतिको पहिलो विदेश भ्रमण भारतमा
- मंसिर २६, २०८१
भक्तपुर, २५ कार्तिक । बाल विकास इङ्गलिस सेकेन्डरी स्कूलमा शुक्रबार शिक्षक–कर्मचारी भेला सम्पन्न भयो । कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला अध्यक्ष तथा भक्तपुर क्षेत्र नं १ प्रदेशसभा ‘ख’ का उम्मेदवार सुरेन्द्रराज गोसाईले शिक्षकहरू चेतनाका संवाहक भएकाले निर्वाचनमा गलत तत्वलाई पराजित गराउन समाजमा चेतना फैलाउनुपर्ने बताउनुभयो ।
उहाँले नेपालका शासक पार्टीहरूले विदेशी दूतावास तथा नेपालका ठूला व्यापारिक घरानाको पैसाले चुनाव जित्ने र पछि तिनकै सेवा गर्ने भएकाले तिनीहरूबाट श्रमिक वर्गको हित नहुने चर्चा गर्नुभयो । “लाखौँ नेपाली युवालाई स्वदेशमा रोजगारी नदिएर विदेश पलायन गराउने अनि ५० औँ लाख भारतीयलाई नेपाली नागरिकता बाँडी देशलाई फिजीकरण गराउनेहरू कसरी देशभक्त हुन सक्छन् ?” उहाँले प्रश्न गर्नुभयो ।
कार्यक्रममा शिक्षकहरू सीता प्रजापति, सूर्यबहादुर पञ्च, शङ्कर आचार्य र गङ्गा वैद्यले देशघाती शासक दलहरूलाई सजाय दिन नेमकिपाको मादल चिह्नमा मतदान गर्न सबै शिक्षक कर्मचारीलाई अनुरोध गर्नुभयो ।
Leave a Reply