भर्खरै :

चीनको आयात एक्स्पो साझा भविष्यको कथा

चीनको आयात एक्स्पो साझा भविष्यको कथा

एक वर्षको सन्दर्भमा स्वेच्छाले हस्ताक्षरित ठेक्कामा संलग्न लेनदेन रकम ७३.५२ अरब अमेरिकी डलर पुगेको छ जुन अघिल्लो एक्स्पोको तुलनामा ३.९ प्रतिशतको वृद्धि भएको छ । उक्त जानकारी नोभेम्बर १० मा सम्पन्न पाँचौँ चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोबाट प्राप्त गरिएको हो । चीनको आधिकारिक तथ्याङ्कअनुसार विश्वका १४५ देश, क्षेत्र तथा अन्तर्राष्ट्रिय सङ्गठनहरूले एक्स्पोमा भाग लिए र १२७ देश तथा क्षेत्रका २,८०० भन्दा बढी उद्यमीहरूले पनि एक्स्पोमा भाग लिए । यसै क्रममा ४३८ किसिमका प्रतिनिधित्व गर्ने नयाँ उत्पादित वस्तुहरू, नयाँ प्रविधिहरू र नयाँ सेवाहरूको पहिलो प्रदर्शन पनि गरियो । आयात एक्स्पो नै चीनले नयाँ विकास ढाँचाको निर्माण गर्ने झ्याल, उच्चस्तरीय खुलापनलाई बढाउने प्लेटफर्म र विश्वभर बाँड्ने अन्तर्राष्ट्रिय सार्वजनिक वस्तु बनेको कुरा आयात एक्स्पोबाट फेरि एकपटक प्रमाणित गरिएको छ ।
एक्स्पोमा अझ बढी मानिसहरू विशेषगरी अति कम विकसित मुलुकहरू चीनको विकासको द्रुत एक्सप्रेस रेलमा चढ्न पाउने सुविधा चीनले प्रदान गर्दै जानेछ । चालु वर्षको एक्स्पोमा कम विकसित मुलुकहरूका ३० वटा उद्यमहरूले स्टलको निःशुल्क प्रयोग गरे जुन गत एक्स्पोको दाँजोमा १ गुणाले बढी हो । गिनी–बिसाउका काजु, अफगानिस्तानको कार्पेटलगायत ती उत्पादित वस्तुहरू विकसित मुलुकका उच्च प्राविधिक उत्पादित वस्तुसँगै प्रदर्शन भएर बजारमा आफ्नो स्थान पत्ता लगाए जसबाट विकासको उपलब्धि अझ बढी र न्यायोचितरूपमा विभिन्न मुलुकका जनतालाई लाभान्वित गराइएको छ ।
‘उच्च प्रविधि’ वा ‘सानो र सुन्दर’ कम्पनीहरू सबैले एक्स्पोमार्फत चिनियाँ बजारमा प्रवेश गर्ने अवसरहरू फेला पारेका छन् र सहयोग तथा विकासको नयाँ सम्भावना पाएका छन् । लगभग ६० उद्यमहरू र संस्थाहरूले प्रदर्शनीमा भाग लिन सम्झौतामा हस्ताक्षर गरेका छन् । साथै ‘डिजिटल आयात एक्स्पो’ जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *