भर्खरै :

पद र पैसाको लागि राजनीति गर्नेहरूले देश र जनताको हित गर्ने छैनन्

पद र पैसाको लागि राजनीति गर्नेहरूले देश र जनताको हित गर्ने छैनन्

दैलेख, २६ कार्तिक । नेपाल मजदुर किसान पार्टीको दुल्लु नगरपालिकाको वडा नं. १३ विनायक बजारमा शनिबार चुनावी जनसभा भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला समितिका अध्यक्ष जग्यबहादुर शाहीले पद र पैसाको लागि राजनीति गर्नेहरूले देश र जनताको हित गर्ने छैनन् भन्नुभयो । सत्तारुढ दलहरू अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको इसारामा नेपाललाई सिक्किम बनाउन खोज्ने नेपाली लेन्डुपहरूको गठबन्धन भएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा समानुपातिकका उम्मेदवार बजिरसिं विश्वकर्माले देशघाती सन्धि सम्झौता गर्न खोज्ने नेपाली लेन्डुपहरूका विरुद्ध नेमकिपाको उम्मेदवारी भएको बताउनुभयो ।
प्रतिनिधिसभाका उम्मेदवार केशेन्द्रप्रकाश कार्कीले जनयुद्धको बेला माओवादीले काङ्ग्रेसका कार्यकर्ताको हत्या गर्नेहरू आज काँधमा काँध मिलाएर गन्तव्यविहिन यात्रा गर्नेहरूले देश बनाउने छैनन् भन्नुभयो ।
नेमकिपा प्रदेशसभाका उम्मेदवार मदनकुमार भण्डारीले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका सबै निकायमा राजनैतिक भागबन्डा गरी जनतालाई बारम्बार धोका दिइरहेको बताउनुभयो ।
मध्य तथा सुदूर पश्चिमकी चर्चित देउडा कलाकार पानसरा थापाको नेतृत्वमा गोपी बिकलगायतले देउडा सेल सम्पन्न भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य मोतीराम लम्सालले राख्नुभएको थियो भने कार्यक्रमको आवश्यकताबारे नेमकिपा जिल्ला समितिका सचिव लक्ष्मी बिकले गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व शिवराज दाहालले गर्नुभएको थियो ।
यसैगरी नेमकिपाको आठबिस नगरपालिकाको वडा नं २ सिंगौडीमा शुक्रबार चुनावी जनसभा भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला समितिका अध्यक्ष जग्यबहादुर शाहीले दुईतिहाइ बहुमतको सरकार विघटन हुनुमा जनताको आवश्यकताले नभई शासक दलहरूको निहित स्वार्थका कारण भएको बताउनुभयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा समानुपातिकका उम्मेदवार बजिरसिं विकले देश र जनताको हितमा काम नगर्ने पार्टीलाई हराउनुपर्ने बताउनुभयो ।
नेमकिपा जिल्ला समिति दैलेखका सदस्य तथा चुनाव प्रचारप्रसार समितिका अध्यक्ष निरकबहादुर शाहीले परिवर्तन चाहने असल इमानदार उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।
प्रतिनिधिसभाका उम्मेदवार केशेन्द्रप्रकाश कार्कीले जनताको मतलाई पशुको मूल्यमा किन्ने उम्मेदवारदेखि जनता होसियार हुनुपर्नेमा जोड दिनुभयो ।
चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं ७ का वडाध्यक्ष तथा नेमकिपा जिल्ला समिति दैलेखका सदस्य इन्द्रप्रसाद चौलागाई, चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं ३ का अध्यक्ष तथा नेमकिपा चामुण्डा विन्द्रासैनी नगर समितिका सदस्य दीपबहादुर शाही लगायतका नेताले बोल्नुभएको थियो ।
मध्य तथा सुदूरपश्चिमकी चर्चित देउडा कलाकार पानसरा थापाको नेतृत्वमा जया थापा, कण थापा, गोपी बिकलगायतले देउडा सेल सम्पन्न भएको थियो । उक्त कार्यक्रममा नेमकिपा जिल्ला समिति सदस्य नविनकुमार सिजापतिले पनि बोल्नुभएको थियो । कार्यक्रमको सभापतित्व प्रेमप्रसाद खनालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *