भर्खरै :

भक्तपुर क्षेत्र नं. २ मा चुनावी सभा : घरदैलो चालु

भक्तपुर क्षेत्र नं. २ मा चुनावी सभा : घरदैलो चालु

भक्तपुर, २६ कार्तिक । नेपाल मजदुर किसान पार्टीले भक्तपुर क्षेत्र नं २ का विभिन्न वडा तथा टोलमा सभा, बैठक तथा घरदैलो गरी मतादातासँग मत माग्ने कामलाई तीव्र बनाएको छ ।
दिनहुँ बिहान, दिउँसो र बेलुकी उम्मेदवार तथा कार्यकर्ता मतदातासमक्ष गएर पार्टीको घोषणापत्र, उम्मेदवारको परिचय तथा नेमकिपालाई मत किन भन्नेबारे लेखिएको पर्चा वितरण कार्य भइरहेको छ ।
यसै सिलसिलामा नेमकिपा, सूनपाले शनिबार बिहान कटुन्जेको सुशिला भैरव टोलमा जनसभाको आयोजना गरेको छ । शनिबार नै नेमकिपाले नङ्खेलदेखि पलाँसेसम्मका विभिन्न टोलबस्ती पुगेर जनतासँग मत माग्यो । भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अनुराधा थापामगर, प्रदेशसभा उम्मेदवार सरोजराज गोसाई तथा समानुपातिक उम्मेदवारहरूको सहभागितामा उक्त घरदैलो कार्यक्रम गरिएको थियो ।
शुक्रबार कटुन्जेका विभिन्न टोलमा घरदैलो कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूको उपस्थिति थियो । बिहीबार सिपाडोलका विभिन्न टोलहरूमा उम्मेदवारसहितको घरदैलो कार्यक्रम गरिएको थियो । सोही दिन डोलेश्वर तथा आशापुरीका विभिन्न ठाउँमा पुगेर जनतासँग मत माग्ने कार्यक्रम गरिएको नेमकिपाले जनाएको छ ।
बिहीबार साँझ नेमकिपाले गुन्डुको किवाचोकमा जनसभाको आयोजना गरेको थियो । कार्यक्रममा नेमकिपाका प्रतिनिधिसभाका सदस्य उम्मेदवार अनुराधा थापामगर, प्रदेशसभा सदस्य उम्मेदवार सरोजराज गोसाई, नेमकिपा, सूनपाका अध्यक्ष सूर्यभक्त त्वाती, महेन्द्र बखुन्छेलगायतले मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *