भर्खरै :

कम्युनिस्ट पार्टीको मुख्य लक्ष्य नै शिक्षा र स्वास्थ्य निःशुल्क गराउने

कम्युनिस्ट पार्टीको मुख्य लक्ष्य नै शिक्षा र स्वास्थ्य निःशुल्क गराउने

भक्तपुर, २६ कार्तिक । नेमकिपा, सूनपा निर्वाचन परिचालन समितिले शनिबार आयोजना गरेको कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य उम्मेदवार अनुराधा थापामगरले बल, पैसा, सत्ता र शक्तिको भरमा सत्तामा जान खोज्नेलाई पराजित गर्नुपर्ने भनाइ राख्नुभयो ।
कुनै पनि कम्युनिस्ट पार्टीको मुख्य काम शिक्षा र स्वास्थ्य निःशुल्क गराउने हुन्छ भन्दै कम्युनिस्ट नामधारी पार्टीहरूले उद्योगधन्दा निजीकरण गरेको विचार राख्नुभयो । उहाँले वैदेशिक ऋण ल्याएर देश चलाउँदा देश श्रीलङ्का बन्ने खतरा रहेको तर्क गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर निर्वाचन क्षेत्र नं २ (क) का प्रदेशसभा सदस्य उम्मेदवार सरोजराज गोसाईले शासक दलहरूले झूटो आश्वासनको भरमा अब फेरि निर्वाचन जित्न नसक्ने तर्क गर्नुभयो । उहाँले शासक दलहरूले फेरि पनि रासायनिक मल कारखाना खोल्नेजस्ता झूटो आश्वासन दिइरहेको भन्दै युवाजतिलाई विदेश पठाएर र उद्योगधन्दा धरासायी बनाएर शासक दलहरू विकासको सपना बाँडिरहेका छन् भन्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले नेका, एमाले, माओवादीजस्ता शासक पार्टीहरूले जनताको समस्या समाधान नगर्ने भनाइ राख्नुभयो । रामकृष्ण बखुन्छेँको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महेन्द्र बखुन्छेँ र राजेन्द्र बखुन्छेले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *