भर्खरै :

काठमाडौँ ३ मा प्रचार चालु

काठमाडौँ ३ मा प्रचार चालु

काठमाडौँ, २६ कार्तिक । नेपाल मजदुर किसान पार्टी काठमाडौँ क्षेत्र नं. ३ चुनाव परिचालन समितिको आयोजनामा जोरपाटी चोक, गोकर्ण, सुन्दरीजल र आलापोटमा घरदैलो गरी कोणसभा सम्पन्न भयो ।
उक्त सभामा नेपाल मजदुर किसान पार्टी काठमाडौैँ क्षेत्र नं. ३ का प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेदवार विशोक डंगोलले पार्टीले माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारलाई अङ्गीकार गर्दै देशका गरिब एवम् निम्न वर्गका उत्थानको लागि सङ्घर्ष गरिरहेको विचार व्यक्त गर्नुभयो ।
उक्त भेलामा समानुपातिक उम्मेदवारहरू कृष्ण दुवाल, सुमित्रा श्रेष्ठ र उपेन्द्र सुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *