कीर्तिपुर नगरव्यापी अन्तरविद्यालय व्याडमिन्टन प्रतियोगिता सुरु
- मंसिर ११, २०८०
भक्तपुर, २६ कार्तिक । भक्तपुर जिल्ला तेक्वान्दो सङ्घको वार्षिक तालिकाअनुसार जेन्युइन सेकेन्डरी स्कूलमा भनपा ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँको आतिथ्यमा नियमित ग्रेडिङ कार्यक्रम सम्पन्न भयो ।
अतिथि बिजुक्छेँले वर्तमान समयमा तेक्वान्डोजस्तो मार्सल आर्ट खेल सिक्न र सिकाउने वातावरण सहज भएको बताउँदै आजभोलिका नानीहरू यो अर्थमा भाग्यमानी भएको बताउनुभयो ।
मार्सल आर्ट खेल एक आत्मरक्षाको लागि विकास गरिएको खेल भएकोले यसलाई यही अनुरुप आफ्नो व्यक्तिगत र राष्ट्रको इज्जतको लागि खेल्नुपर्ने उहाँले बताउनुभयो । आफ्नो पाठ्यक्रमका कुराबाहेक नरम क्षमताको रूपमा विभिन्न खेलहरू पनि सिक्दै जानु समयको माग हो”, उहाँले भन्नुभयो ।
कार्यक्रममा जेन्युइन सेकेन्डरी स्कूलका प्रिन्सिपल अनन्त घिमिरेले विद्यार्थीहरूले खेलका साथसाथै पढाइमा पनि जोड दिनुपर्ने बताउनुभयो ।
जिल्ला तेक्वान्दो सङ्घका सल्लाहकार इन्द्रभक्त चित्रकार र उपाध्यक्ष वसन्त थापाले पनि खेलको महत्व तथा तेक्वान्डो सङ्घसम्बन्धी नीति नियमका कुराहरूबारे प्रस्ट पार्नुभयो ।
भक्तपुर जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष एवम् प्रशिक्षक श्याम तजलेको सभपातित्वमा भएको सो कार्यक्रममा नवौँ राष्ट्रिय खेलमा यस जिल्ला सङ्घका सदस्य नम्रता तुलाधर, विभागीय टोली आर्मी क्लवबाट खेल खेली प्रथम र बाग्मती प्रदेशस्तरीयमा प्रथम भएकालाई प्रशंसापत्र प्रदान गरियो । ग्रेडिङमा उत्कृष्ट हुन सफल विशाल तामाङ, शुभ श्रेष्ठ, नवीन सेँचुरीलाई प्रमाणपत्र र ट्रफी वितरण गरिएको थियो ।
कार्यक्रमको आवश्यकताबारे सङ्घका उपाध्यक्ष राजेश कुसीले गर्नुभएको थियो ।
Leave a Reply