नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
काठमाण्डौ, ११ भाद्र । २०७३ सालको जगदम्बा श्री पुरस्कार पोखराका विख्यात कार्टुनिष्ट वात्सायन(दुर्गा बराल)ले पाउनुहुने भएको छ । विगत लामो समयदेखि समसामयिक राजनीतिक तथा सामाजिक विकृतिमाथि चोटिलो व्यंग गर्दै लगातार कार्टुन कोर्दै आउनुभएका बरालले कान्तिपुर पत्रिकाको शनिबारीय अतिरिक्तांक कोसेलीमा वात्सायनको कुनामा लगातार कार्टुन बनाउँदै आउनुभएको छ । उहाँका कार्टुन संग्रह गरी एक पुस्तक समेत प्रकाशित भइसकेको छ ।

साथै २०७३ सालको मदन पुरस्कारबाट घनश्याम कँडेलको पुस्तक धृतराष्ट्र सम्मान भएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको साधारण सभाले सो निर्णय गरेको हो । यसअघि मदन पुरस्कारको लागि प्राप्त १९५ पुस्तकमध्ये गुहा,गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा, छाउघर, तपन, दोहाको सीधा उडान, धृतराष्ट्र, प्रतिनायक, म स्त्री अर्थात् आईमाई, शुक्रराज शास्त्रीको चस्मा तथा सगरमाथाको गहिराई गरी जम्मा नौ पुस्तक छनौटमा परेका थिए ।
सम्मानित हुने व्यक्तित्वलाई जनही २ लाख प्रदान सम्मानस्वरुप प्रदान गरिने बताइको छ ।
Leave a Reply