जुम्लामा भक्तपुर काण्डको विरोधमा जुलुस र कोणसभा
- भाद्र ९, २०८३
हिजोआज सञ्चारमाध्यमहरू र सामाजिक सञ्जालहरूमा सचेत नागरिकहरूले एकातिर नेका, माओवादी केन्द्र, एस, राजमो र लोसपाको चुनावी गठबन्धन र अर्कोतिर एमाले, राप्रपा, राप्रपा नेपाल, परिवार दललगायतको गठबन्धनको चर्को आलोचना र विरोध गरिरहेका छन् । भिन्नाभिन्नै राजनीतिक आदर्श, सिद्धान्त र नीति तथा कार्यक्रम भएका राजनीतिक पार्टीहरूले गठबन्धन गरी उम्मेदवारी दिनु मतदातालाई अलमलमा पार्नु र जनमतको अपमान भएको सबैजसो जानकारहरूको मत छ । निर्वाचनमा यसरी साझा उम्मेदवार खडा गर्ने हो भने ती पार्टीहरूले पार्टी एकीकरण गर्नुपर्ने वा कम्तीमा एउटै मोर्चा बनाएर आउनुपर्ने मत छ । आज देशमा गणतन्त्रका पक्षधर दाबी गर्नेहरूले राजतन्त्र पुनःस्थापनाको एजेन्डा बोकेर आएका उम्मेदवारहरूलाई मत मागिरहेको र सङ्घीयताका कट्टर विरोधीहरूले सङ्घीयता नभएमा देश टुक्रयाउँछौँ भन्ने दल र उम्मेदवारका लागि मत मागिरहेको लज्जास्पद स्थिति छ । दुई चुनावी गठबन्धनमा रहेका राजनीतिक पार्टीका नेता–कार्यकर्ताहरू पद र सत्ताका लागि सिद्धान्तहीन बनेका छन् र निर्लज्ज बनेर सिद्धान्त हराएको राजनीतिमा उत्रेका छन् ।
पार्टी नेतृत्वको त्यस्तो सिद्धान्तहीन गठबन्धन गर्ने निर्णयको सबैजसो पार्टीमा विरोध पनि भइरहेको छ । सत्ता र सरकार नभई रहनै नसक्ने नेताहरूको प्रवृत्तिका कारण विज्ञ र आफ्नै पार्टी नेता–कार्यकर्ताहरूको आलोचना र विरोधलाई देखे नदेख्यै र सुने नसुन्यै गरिएको छ । सत्ता र सरकार पनि देश र जनताको हितमा काम गर्नको लागि होइन, व्यक्तिगत र गुटगत स्वार्थ पूरा गर्नको लागि मात्र भइरहेका छन् । सरकारमा रहेर वैध र अवैध, नैतिक र अनैतिक अनेक क्रियाकलाप गरेर अकुत सम्पत्ति जम्मा गर्ने प्रवृत्ति शासक पार्टीहरूका नेताहरूमा देखिएको छ । शासक दलका सांसद र नेताहरूको ध्याउना नै सके प्रधानमन्त्री र नभए मन्त्री बन्ने रहेको छ । हरेक सांसद मन्त्री बन्न लालायित छन् र हरबखत त्यही मौकाको लागि दौडिरहेका छन् । सांसदहरूले देश र जनताको हितको लागि राम्रो नीति बनाउने र राम्रो कानुन बनाउनेतिर ध्यानै दिन सकेका छैनन् ।
राजनीतिक दलहरू एउटा न एउटा आदर्श र सिद्धान्तको आधारमा एउटा वर्गको हितका लागि स्थापना र सक्रिय भएका हुन्छन् । बेग्लाबेग्लै सिद्धान्तका व्यक्ति र समूहहरू एउटै दल भएर कहिल्यै रहन सक्दैन । राजनीतिशास्त्रको अध्ययनले यही भन्छ । तर, पुँजीवादी दलहरूको राजनीतिको कुनै भर हु्ँदैन । यही कुरा आज नेपालका राजनीतिक दलहरूमाथि लागु भइरहेको छ । घोषितरूपमा नितान्त बेग्लै आदर्श, सिद्धान्त र नीतिका राजनीतिक दलहरूले संसद्मा गठबन्धन बनाएर साझा सरकारमात्र चलाएका छैनन्, निर्वाचनमै गठबन्धन बनाएर उम्मेदवारी दिएका छन् । यसरी फरक फरक सिद्धान्त र नीतिका राजनीतिक पार्टीहरूले देशव्यापीरूपमै एकले अर्को पार्टीका उम्मेदवारका लागि मत माग्नु र मत दिनु सिद्धान्त र नीतिप्रतिको बेइमानी हो ।
राजनीतिक दलहरूले देशको सत्ता हासिल गर्नका लागि सिद्धान्तनिष्ठ बनी राजनीतिक सङ्घर्ष गर्नु एउटा कुरा हो भने सत्ताको लागि वा सत्ताको भागबन्डाका लागि सिद्धान्त नै त्याग गर्नु अर्को गम्भीर पक्ष हो । यस्तो सिद्धान्तहीन राजनीतिक गठबन्धनको प्रवृत्तिले आज राजनीतिक पार्टीहरूलाई सिद्धान्त र नीतिबिनाको व्यक्तिगत र समूहगत स्वार्थ बोकेकाहरूको समूह वा दस्तामा परिणत गरेको छ । यसले जनतामाझ राजनीतिक दलहरूप्रतिको वितृष्णालाई अझै बढाएको छ र दलीय व्यवस्थामा आधारित लोकतान्त्रिक गणतन्त्रलाई नै खतरामा पारेको छ । त्यसैले सिद्धान्तहीन गठबन्धनका उम्मेदवार र दलहरूलाई होइन, सिद्धान्तनिष्ठ र देशभक्त राजनीतिक पार्टी र उम्मेदवारहरूलाई मतदान गरौँ ।
Leave a Reply