इलाममा उपनिर्वाचन २०८१ को अनुभव
- जेष्ठ २४, २०८१
भक्तपुर, २७ कार्तिक । नेपाल मजदुर किसान पार्टी काठमाडौँ क्षेत्र नं १० निर्वाचन परिचालन समितिको आयोजनामा शनिबार र्फिर्पङ दक्षिणकालीमा कोण सभा भयो ।
सभामा काठमाडौँ क्षेत्र नं १० का प्रतिनिधिसभा उम्मेदवार नारायण महर्जनले संसद् जनताको पक्षमा नीतिनियम बनाउने थलो हो भन्नुभयो ।
सत्तासीन पार्टीले देश र जनताको निम्ति राम्रो नीति बनाउन नसकेको उहाँले बताउनुभयो ।
प्रतिनिधिसभा समानुपातिक उम्मेदवार श्रीकृष्ण महर्जनले चुनावको समयमा माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधाराको प्रचार गर्दै देशको सीमा सुरक्षा र सार्वभौमिकता रक्षा गर्ने प्रतिबद्धताका साथ अगाडि बढ्ने बताउनुभयो । उहाँले जनताको सेवा गर्न संसद्मा जानुपर्ने बताउँदै भ्रष्टाचार र कमिसनको विरुद्ध सङ्घर्ष गर्ने बताउनुभयो ।
कार्यक्रममा कान्छाबाबु महर्जनले पनि बोल्नुभएको थियो ।
त्यसैगरी, बुधबार कीर्तिपुरको पाँगा ढोकासी बसपार्कमा कोणसभा भएको थियो । सभामा नारायण महर्जन, हरिकुमार महर्जन र श्रीकृष्ण महर्जनले बोल्नुभएको थियो ।
Leave a Reply