भर्खरै :

संरा अमेरिका–दक्षिण कोरियाको संयुक्त हवाई युद्धअभ्यासको प्रतिवादमा आफ्नो सैनिक कारबाहीबारे कोरियाली जनसेना जनरल स्टाफको प्रतिवेदन

संरा अमेरिका–दक्षिण कोरियाको संयुक्त हवाई युद्धअभ्यासको प्रतिवादमा आफ्नो सैनिक कारबाहीबारे कोरियाली जनसेना जनरल स्टाफको प्रतिवेदन

प्योङयाङ, नोभम्बर ७ (केसीएनए) । संरा अमेरिका–दक्षिण कोरियाले गरिररहेको संयुक्त हवाई युद्धअभ्यासको प्रतिवादमा आफ्नो सैनिक कारवाहीबारे कोरियाली जनसेना (कोजसे) को जनरल स्टाफ (मुख्यालय) ले एक प्रतिवेदन सार्वजनिक गर्दै त्यसबारे एक प्रेस विज्ञप्ति जारी गरेको छ ।
कोजसेको प्रेस विज्ञप्तिमा भनिएको छ – संरा अमेरिका र र दक्षिण कोरियाको गैरजिम्मेवार सैनिक उन्मादका कारण कोरियाली प्रायःद्वीपमा गम्भीर स्थिति कायम रहेकोमा अहिले अस्थिर भिडन्ततिर स्थिति अगाडि बढेको छ ।
संरा अमेरिका–दक्षिण कोरियाको अहिलेसम्मकै सबैभन्दा ठूलो आकारको हवाई सैन्य अभ्यास –‘भिजिलान्ट स्टम’ कोरियाको दक्षिण भागमा अक्टोबर ३१ देखि नोभेम्बर ५ सम्म भयो जसमा रणनीतिक बम बर्षकसहित आणविक विभिन्न ध्येय र प्रयोजनका सयौँ युद्धक विमानहरू उडाइए । ठ्लो आकारको उक्त सैन्य अभ्यास वास्तवमा यस क्षेत्रमा तनाव उत्पन्न गर्ने नियतका साथ फैलाइएको उत्तेजना हो । उक्त खतरनाक युद्धअभ्यास प्रजग कोरियामाथि प्रत्यक्ष रूपमा लक्षित अति आक्रामक युद्धको खेल हो । संरा अमेरिका र दक्षिण कोरियाले ठुलो स्तरको आक्रामक युद्ध अभ्यासहरू गरेर असहनीय र अक्षम्य गल्तीहरू गरी यस क्षेत्रको स्थिरता र शान्तिलाई चुनौती दिइरहेका छन् ।
यसरी देखिइरहेको गम्भीर सुरक्षा चुनौती र स्थितिको प्रतिवाद गर्ने दृढता प्रदर्शन गर्न र आत्मरक्षाको विश्वास अभिवृद्धि गर्न कोरियाली जनसेनाले सैनिक कारबाहीको अभ्यास गरेको छ । यस सैनिक कारवाहीको अभ्यासमार्फत प्रजग कोरियाले आफ्ना सबै सशस्त्र बलका सदस्यहरूलाई अगाडि तेर्सिन आएका सबै चुनौतीहरूको दृढतापूर्वक प्रतिकार गर्न र सुनिश्चित विजय प्राप्तिको लागि प्रेरित गरेको छ । कोरियाली जनसेनाको जनरल स्टाफको निर्देशनबमोजिम प्रतिवादमूलक सैनिक कारबाहीको अभ्यास नोभेम्बर २ देखि ५ सम्म गरी सम्पन्न भएको छ ।
पहिलो दिनको सैनिक कारबाही अभ्यासको क्रममा कोरियाली हवाई सेनाले शत्रुको हवाई सेनाको आधार ध्वस्त गर्ने अभ्यास ग¥यो भने उत्तरी फ्योनागान प्रान्तमा अवस्थित मिसाइल युनिटले डिस्पर्सन वारहेड (टुक्रा टुक्रा भई विष्फोटन हुने बम) सहितको चार वटा ट्याक्टिकल ब्यालेस्टिक मिसाइल पूर्वी कोरियाली समुद्रमा प्रहार ग¥यो भने भूमिगत रूपमा जानसक्ने वारहेडसहितको मिसाइल पश्चिम समुद्री ब्यारेजको मरुभूमि टापुमा प्रहार ग¥यो । बिहान र दिउँसो गरी युद्धकविमान प्रतिरोधी मिसाइल युनिटले विभिन्न उचाइ र दूरीमा उडिरहेका शत्रुका युद्धकविमानलाई लक्षित गर्ने ध्येयले जमिनबाट हावामा मार हान्ने २३ वटा मिसाइलहरू सफल प्रहार ग¥यो ।
त्यसक्रममा प्रजग कोरियाका मिसाइलहरू दक्षिणको भूभागको समुद्रमा खसेको दाबी गर्दै शत्रु सेनाले विमानबाट जमिनमा मार हान्ने मिसाइलहरू प्रजग कोरियाली भूभागको खुल्ला समुद्रमा प्रहार ग¥यो । त्यसका प्रतिवादमा कोरियाली जनसेनाले उत्तरी ह्योमगान प्रान्तबाट ५९०.५ किलोमिटर दूरीको लक्ष्य तय गरी दक्षिण कोरियाको उल्सान सहरको ८० किलोमिटर पूर्वको खुल्ला समुद्रमा दुईवटा रणनीतिक क्रुज मिसाइलहरू प्रहार गरेको थियो ।
रक्षा विज्ञान एकेडेमीको अनुरोधमा कारबाही अभ्यासको दोस्रो दिन कोजसेले नयाँ निर्मित ब्यालेस्टिक मिसाइलहरूको परीक्षण प्रहार गरेको थियो । भरपर्दो तवरले राडार निर्देशित र विशेष कार्यमूलक युद्धशीर्ष (वारहेड) बोक्नसक्ने ती मिसाइलहरूले शत्रुको कमाण्ड प्रणालीलाई पक्षघात पार्नसक्ने विश्वास गरिएको छ । त्यस्तै शत्रुको स्थायी युद्धउन्मादको प्रतिकार गर्न पाँच वटा सुपरलार्ज (विशाल) बहुद्देश्यीय मिसाइलहरू प्रक्षेपण गरियो र विभिन्न प्रयोजनका ट्याक्टिकल ब्यालेस्टिक मिसाइलहरू तथा ४६ वटा लामो दूरीका मिसाइलहरू पूर्वी समुद्रमा प्रहार गरियो ।
तेस्रो दिनको कारबाही अभ्यासको क्रममा युद्धको स्थितिको सामना गर्ने गरी विभिन्न युनिटका ५०० युद्धक विमान सामेल भई ३ घण्टा ४७ मिनेटसम्म विभिन्न निशानामा प्रहार गर्ने अभ्यास गरियो र त्यसले शत्रुको सयुक्त हवाई युद्धअभ्यासलाई उपयुक्त जवाफ फर्काउन सफल भयो ।
शत्रुको हवाई आधारहरूलाई निशाना बनाउने अभ्यास कारबाही अभ्यासको चौथो दिन पनि भयो । कोजसेले फेरि २ वटा डिस्पर्सन वारहेड (टुक्रा टुक्रा भई विष्फोटन हुने बम) सहितको ट्याक्टिकल गाइडेड ब्यालेस्टिक मिसाइलहरू प्रक्षेपण ग¥यो र दुईवटा विशाल बहुद्देश्यीय मिसाइलहरू पश्चिम समुद्री ब्यारेजको मरुभूमि टापुमा प्रहार ग¥यो । सबै नै प्रतिकारका सैनिक कारबाही अभ्यासहरूले सफलतापूर्वक आफ्ना नियोजित उद्देश्यहरू हासिल गरे र कोजसेका संलग्न सबै युनिटहरूका उच्च प्रस्तुति सन्तोषजनक रहे ।
कारवाही अभ्यासभरि नै प्रजग कोरियाका सशस्त्र बलहरूले शत्रुको संयुक्त हवाई सैन्य अभ्यासलाई प्रतिकारमूलक जवाफ दिए र शत्रुका हवाई सेनाको ‘सर्वोच्चताको सिद्धान्त’ लाई निस्तेज पारी आत्मरक्षाको आफ्नो आत्मविश्वास अभिवृद्धि गरे । प्रतिकार कारबाहीको अभ्यासले प्रजगको कोरियाको सुदृढ सैन्य अवस्था सुनिश्चित गर्नुकासाथै कोजसेको क्षमता र पूर्ण प्रतिकारको इच्छालाई सटीक ढङ्गले प्रदर्शित ग¥यो ।
कोजसेले गरेका भर्खरको प्रतिवाद सैनिक कारबाहीको अभ्यास संरा अमेरिका र दक्षिण कोरियाले निरन्तर जारी राखेका युद्धउत्तेजनामूलक संयुक्त सैनिक अभ्यासहरूलाई प्रजग कोरियाको स्पष्ट जवाफ हो र शत्रुका उत्तेजनापूर्ण गतिविधिको जवाफ दिन कोजसे तयार भनी देखाएको छ । प्रजग कोरियाका सशस्त्र बलका लागि भविष्यका लागि सिद्धान्त र निर्देशन पनि हो ।
प्रजग कोरियाविरुद्ध शत्रुका कुनै पनि युद्धअभ्यासको सशक्त र व्यावहारिक सैनिक उपायहरूकासाथ प्रतिकार गर्ने कोजसे मुख्यालय पुनः स्पष्ट पार्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *