साइकल यात्रा पनि एक साहसिक खेलकुद
- श्रावण ६, २०८१
सूर्यविनायक, २९ कार्तिक । नेपाल मजदुर किसान पार्टीले भक्तपुर क्षेत्र नं २ (क) मा निर्वाचन प्रचारका गतिविधिलाई तीव्र बनाएको छ । घरदैलो तथा चुनावी सभा गरेर नेमकिपाले मादल चिह्नमा मतदान गर्न सर्वसाधारणलाई अनुरोध गरिरहेको छ ।
नेमकिपाले कार्तिक २७ गते बिहान सिपाडोल, २८ गते साँझ चित्तपोल र २९ गते बिहान नंखेलमा चुनावी सभा गरेको छ । २७ गते गते नै नेमकिपाले नमकिपाका उम्मेदवारसहित गाम्चादेखि सिकारीटार हुँदै घरदैलो कार्यक्रमको आयोजना ग¥यो । त्यस्तै २८ गते बिहान सिरुटारका बस्तीबस्तीमा पुगेर नेमकिपाले मत माग्ने र पार्टीको घोषणापत्र बाँड्ने कार्यक्रम गरेको छ ।
सोही दिन काँक्राबारीमा घरदैलो कार्यक्रम गरेर जनतासँग मत माग्ने काम भयो ।
यसैबीच मङ्गलबार नंखेलमा आयोजित चुनावी सभामा नेमकिपाका प्रतिनिधिसभा सदस्य उम्मेदवार अनुराधा थापामगर, प्रदेशसभा सदस्य उम्मेदवार सरोजराज गोसाई, नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवाललगायतले बोल्नुभएको थियो ।
घरदैलो कार्यक्रमको सिलसिलामा मङ्गलबार गुन्डुका विभिन्न बस्तीमा पुगेर उम्मेदवारहरूले जनतासँग मत माग्नुभयो ।
Leave a Reply