मध्यपुर थिमि नपाका प्रमुख र आठ वटा नगरपालिका उपप्रमुखहरूद्वारा भक्तपुर महोत्सवको अवलोकन
- पुष १, २०८१
भक्तपुर, ३० कार्तिक । नेपाल मजदुर किसान पार्टी नगर निर्वाचन परिचालन समितिको आयोजनामा स्थानीय दत्तात्रय चोकमा बुधबार चुनावी सभा भयो ।
सभामा पार्टीका सचिव एवं भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रेम सुवालले देशघाती एमसीसी र एसपीपीको विरोधमा नेमकिपाले देशका चालीस जिल्लाका सयौँ स्थानमा जुलुस प्रदर्शन गरेको स्मरण गराउँदै संसद्मा एमसीसी पेश हुँदा एमाले मौन बसेको र राप्रपा निर्णायक समयमा संसद् बाहिर गएको बताउनुभयो ।
एमसीसीले नेपाललाई अमेरिका र भारतको उपनिवेश बनाउन सक्ने हुँदा देशभक्त नेपालीहरूले त्यसको विरोध गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाली काङ्ग्रेसका नेता एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकामा गएर एमसीसी सम्झौता पढ्दै नपढी हस्ताक्षर गरेको उल्लेख गर्दै सचिव सुवालले देशघाती नागरिकता विधेयकमा पनि एमाले चुकेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “संसद्मा नागरिकता विधेयक पेश हुँदा एमालेका सांसदहरू ‘माधव समूहलाई कारबाही गर’ भन्ने नारा लगाएर बसेका थिए† त्यो विधेयकको विरोधमा मत दिएका थिएनन् । एमाले यस मामिलामा चुकेकै हो । तर, अहिले जनतासामु नागरिकता विधेयकको विरोध गरेर जनतालाई छक्याउन खोज्दै छन् ।”
२०१२ सालदेखि समाजवादको शब्दोच्चारण गर्दै आएका नेपाली काङ्ग्रेसले देशका कलकारखाना निजीकरण गरेर र नदीनालाहरू भारतलाई सुम्पेर समाजवादी सिद्धान्तको उल्टो काम गरेको सचिव सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “लुम्बिनीमा ध्यान गर्न आएका भारतीय प्रम मोदीलाई प्रम शेरबहादुर देउवाले अरूण तेस्रो प्रसाद दिएर पठाए । यस्तो पार्टी र व्यक्तिबाट कसरी समाजवादको आशा गर्न सकिन्छ र ? तिनीहरू देशघाती हुन् ।”
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले तत्कालीन प्रम गिरिजाप्रसाद कोइरालालाई नै देशमा विद्युत् उत्पादन बढाई भारतबाट आयातीत ग्यास घटाउनुपर्ने सुझाव दिनुभएको स्मरण गर्दै उहाँले त्यो सुझाव अहिले पनि उत्तिकै सान्दर्भिक भएकोमा जोड दिनुभयो ।
नेमकिपाले देशको विकास विदेशी पुँजीको भरमा नभई राष्ट्रिय पुँजीको बलमा हुनुपर्छ भन्ने मान्यता राख्छ भन्दै उहाँले भारतसितको खुला सिमाना बन्द गर्नुका साथै कलङ्कको रूपमा रहेको ‘गोर्खा भर्ती केन्द्र’ बन्द गरी स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्छ भन्नुभयो ।
वैदेशिक रोजगारको नाममा नेपाली चेलेबेटी बेचबिखन भइरहेका उदाहरणहरू दिँदै उहाँले यो जघन्य अपराध भएकोले यस्ता भ्रष्टाचारीहरूलाई मृत्युदण्डको व्यवस्था हुनुपर्नेमा नेमकिपाले जोड दिँदै आएको प्रस्ट पार्नुभयो ।
ख्वप विश्वविद्यालय पारित नगर्ने शासक दलहरूमा राणा प्रवृत्ति देखिएको उल्लेख गर्दै उहाँले जनताको तागतले एक दिन ख्वप विश्वविद्यालय सञ्चालन गरेरै छोड्ने विश्वास प्रकट गर्नुभयो ।
सभामा भक्तपुर प्रदेशसभा १
(ख) का नेमकिपा उम्मेदवार सुरेन्द्रराज गोसाईंले एमाले, माओवादी र एकीकृत समाजवादी कम्युनिस्टको नाममा कलङ्क भएको धारणा राख्दै भन्नुभयो, “काङ्ग्रेसको पुच्छर बनेका ती पार्टीहरू कसरी कम्युनिस्ट हुन्छन् !?”
२०४८ सालमै संसद्मा नेमकिपाका सांसद् नारायणमान बिजुक्छेँले एमाले भाइकाङ्ग्रेस भन्नुभएको स्मरण गर्दै काङ्ग्रेसका सबै नीति अँगाल्ने एमालेलाई कसरी कम्युनिस्ट मान्न सकिन्छ भन्नुभयो ।
मादलको जित नेमकिपाको मात्र जित नभई सम्पूर्ण देशभक्त जनताको जित भएकाले एमाले, काङ्ग्रेस, माओवादीभित्रका देशभक्तहरूले पनि मादलमा मतदान गर्ने विश्वास व्यक्त गर्दै ठाउँ ठाउँमा त्यस्तो स्थिति देखिएको उहाँले जानकारी दिनुभयो ।
मादलमा मतदान गर्नुको अर्थ देशद्रोही, जनविरोधीहरूलाई मुक्का प्रहार गर्न जत्तिकै हो, उहाँले भन्नुभयो ।
भनपा ९ निर्वाचन परिचालन समितिका संयोजक ज्ञानसागर प्रजापतिको सभापतित्वमा भएको उक्त जनसभामा नगर निर्वाचन परिचालन समितिका लक्ष्मीभक्त लासिवा, पार्टी वडा इन्चार्ज कृष्णभक्त लवजू र पार्टी सदस्य रामेश्वरी कोजूले पनि बोल्नुभएको थियो । सभामा विभिन्न सांस्कृतिक समूहहरूले चुनावी गीतहरू प्रस्तुत गरेका थिए ।
सूर्यविनायकमा चोकसभा
त्यस्तै नेमकिपा सूर्यविनायक नगर निर्वाचन परिचालन समितिको आयोजनामा बुधबार सूर्यविनायकमा चुनावी सभा भयो ।
उक्त सभामा नेमकिपाका सचिव एवं भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभाका उम्मेदवार प्रेम सुवालले एमसीसी सम्झौता र नागरिकता विधेयक देश र जनताको हितमा छैन भन्नुभयो ।
उक्त सभामा नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार अनुराधा थापामगर, प्रदेशसभा उम्मेदवार सरोजराज गोसाई, गोविन्द दुवाल र सूर्यभक्त त्वातीले पनि बोल्नुभएको थियो ।
सोही दिन कपलीमा पनि जनसभा भयो । उक्त सभामा सरोजराज गोसाई, गोविन्द दुवाल, श्याम बिसुन्केले बोल्नुभएको थियो ।
सभाको सभापतित्व श्यामसुन्दर सुवालले गर्नुभएको थियो ।
सोही क्रममा वडा नं. ८ मा घरदैलो कार्यक्रम भयो ।
त्यस्तै, दुवाकोट बेँसीमा पनि चुनावी सभा भयो । उक्त सभामा नेमकिपाका सचिव प्रेम सुवालले ३३ वर्षको अवधिमा सरकारमा जाने शासक पार्टीहरूले देशलाई परनिर्भर बनाएको बताउनुभयो ।
नेपालको बिजुली भारत लाने एमसीसी सम्झौता खारेज गर्नुपर्नेमा जोड दिँदै उहाँले जघन्य अपराध गर्ने र भ्रष्टाचार गर्नेहरूलाई मृत्युदण्डको कानुन बनाउन जरुरी छ भन्नुभयो ।
उहाँले काङ्ग्रेस, एमाले, माओवादीका कार्यकर्ताहरूले सिमानामा तस्करी गराइरहको विचार व्यक्त गर्नुभयो ।
भक्तपुर क्षेत्र नं. १ का प्रदेशसभा सदस्य उम्मेदवार मिनबहादुर बाटाले शासक दलहरूको कारण नेपालका ७० लाख युवाहरू विश्वका ११० भन्दा बढी देशमा वैदेशिक रोजगारीको नाममा दासजस्तै बेचिन बाध्य भएको बताउनुभयो ।
युवाहरूलाई विदेशीको निम्ति ‘भाडाको सिपाही’ जस्तो बनाउने गोर्खा भर्ती केन्द्र बन्द गर्नुपर्ने विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
सोनाम योञ्जनको सभापतित्वमा भएको सो सभामा रामेश्वर रानामगरले पनि बोल्नुभएको थियो ।
Leave a Reply