तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
तिलेपाटा, ३० कार्तिक । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले कर्णालीलाई जलस्रोत, फलफुल र जडिबुटीबाट आत्मनिर्भर बनाउन सकिने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी दैलेख जिल्ला निर्वाचन समितिको आयोजनामा तिलेपाटामा भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले कर्णालीलाई सधँै पछाडि पार्नमा पटकपटक सरकारमा गएका नेका, एमाले र माओवादी पार्टीहरू दोषी रहेको बताउनुभयो । यहाँका सांसद र मन्त्रीहरूले तीन दशकमा कर्णाली राजमार्ग एउटा राम्रो बनाउन सक्दैन भने देश विकासको काम गर्छन् भनेर कसरी विश्वास गर्ने उहाँले प्रस्ट पार्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरूले देश र जनताको हितमा कानुन निर्माण गर्न, जनविरोधी कानुनहरू रोक्न, प्रधानमन्त्री र मन्त्रीहरूलाई प्रश्नहरू गरेर संसद् र जनताप्रति जिम्मेवार बनाउन र अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूलाई देशको हितमा पारित गराउन जोड दिने बताउनुभयो ।
उहाँले भन्नुभयो, नेमकिपा समाजवाद स्थापना गर्न कार्यरत पार्टी हो । निर्वाचनबाट समाजवाद स्थापना हुनेमा नेमकिपा विश्वास गर्दैन । तर, पुँजीवादी पार्टीहरूले गरेका जनविरोधी कामहरूलाई जनताबिच नङ्ग्याउन र जनतालाई समाजवादी क्रान्तिको लागि तयार गर्न चुनावलाई उपयोग गर्दछ ।
शिक्षा र स्वास्थ्य उपचार निःशुल्क र उत्पादनका साधनहरू सामाजिकीकरण गर्न तथा योग्यताअनुसार काम र कामअनुसार ज्यालाको कानुनी बन्दोबस्तको निम्ति नेमकिपाका सांसदहरू जनतासँग मिलेर सङ्घर्ष गर्ने उहाँले बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य बजिरसिंह विश्वकर्माले माओवादीले देउवाको पुच्छर समात्दै जनताविरुद्ध सिद्धान्तहीन गठबन्धन गर्दै नक्कली कम्युनिस्ट भएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला समितिका अध्यक्ष जग्यबहादुर शाहीले देशलाई विश्वासघात गर्नेहरूको विरुद्ध नेमकिपाको उम्मेदवारी भएको स्पष्ट पार्नुभयो ।
नेमकिपाका तर्फबाट दैलख जिल्ला प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार केशेन्द्रप्रकाश कार्की, कर्णाली प्रदेश दैलख जिल्ला प्रदेशसभा क्षेत्र नं २, ‘क’ का उम्मेदवार मदनकुमार भण्डारी, क्षेत्र नं २, ‘ख’ का उम्मेदवार जयबहादुर थापा, समानुपातिक उम्मेदवार धनकुमारी शाही, आयोजकका तर्पmबाट जयबहादुर बडुवाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घका केन्द्रीय सदस्य तथा जनगायक विनोद विकले गीतमार्फत मादलमा भोट राख्न अपिल गर्नुभएको थियो । कार्यक्रमको अन्तिममा सुदूरपश्चिमका चर्चित देउडा गायिका पान्सरा थापा र मध्यपश्चिमका देउडा गायक जया थापा लगायतका कलाकारहरूले आ– आप्mनो गीत प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply