भर्खरै :

कञ्चनपुरमा प्रशिक्षण कार्यक्रम

कञ्चनपुरमा प्रशिक्षण कार्यक्रम

कञ्चनपुर, ३० कार्तिक । नेपाल मजदुर किसान पार्टी कञ्चनपुरको प्रथम जिल्ला सम्मेलन तयारी समितिको आयोजनामा आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ का प्रत्यक्षतर्फका उम्मेदवारहरू र समानुपातिकतर्फका उम्मेदवारहरू सहभागी रहेको एक प्रशिक्षण कार्यक्रम कञ्चनपुरको महेन्द्रनगरमा भयो ।
उक्त प्रशिक्षण कार्यक्रममा नेमकिपा सुदूरपश्चिम प्रदेश समितिका संयोजक नवराज काइरालाले नेपाल मजदुर किसान पार्टीको स्थापनाको उद्देश्यबारे प्रकाश पार्नुभयो ।
पार्टीको नीति तथा कार्यक्रमबारे प्रस्ट्याउँदै उहाँले भन्नुभयो, “चुनावबाट समाजवाद आउँदैन । यद्यपि, चुनाव एक राजनैतिक र वर्गीय सङ्घर्ष हो ।”
संयोजक कोइरालाले पार्टीले हालैका दिनहरूमा पुँजीवादी संसद्को क्रान्तिकारी उपयोग गरिरहेको चर्चा गर्दै क्रान्तिकारी संसद्वाद, बिप्पा सम्झौता, एमसीसी सम्झौताको अनुमोदन र एसपीपी र देशघाती नागरिकता विधेयकलगायतका विषयमा प्रस्ट पार्नुभयो ।
नेमकिपा कञ्चनपुर प्रथम जिल्ला सम्मेलन तयारी समितिका सदस्य एवम् अधिवक्ता सुरेन्द्रराज भट्टले कञ्चनपुर जिल्लामा साङ्गठनिक विकास–विस्तारको लागि पार्टी गतिविधिहरूमा निरन्तरताको खाँचो औँल्याउनुभयो ।
कार्यक्रमका सभापति तथा कञ्चनपुर प्रथम जिल्ला सम्मेलन तयारी समितिका संयोजक दलबहादुर बोहराले जनवर्गीय सङ्गठनको गतिविधिको खाँचो औँल्याउनुभयो ।
यसअघि कार्तिक २५, २६ र २७ गतेका दिनहरूमा तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूका परिवारजनहरूसँग भेटघाट गर्ने काम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *