भर्खरै :

चितवनमा चुनावी प्रचारप्रसार

चितवनमा चुनावी प्रचारप्रसार

चितवन, ३० कार्तिक । नेपाल मजदुर किसान पाटी, निर्वाचन परिचालन समिति चितवन क्षेत्र नं. २ को आयोजनामा इच्छाकामना गाउँपालिकाको फिस्लिङ बजार, चुम्लिङटार, लेवाटार, कुरिनटार र मुग्लिङ बजारमा बुधबार प्रचारप्रसार तथा कोणसभा भयो ।
फिस्लिङ बजार र मुग्लिङ बजारमा भएको कोणसभामा चितवन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ज्ञानेन्द्र प्रजाले मजदुर र किसानको प्रतिनिधिको रूपमा देशघाती विदेशी दलालहरूको विरोधमा आफूले उम्मेदवारी दिएको बताउनुभयो ।
शासक दलहरूले एमसीसी सम्झौता, एसपीपी सम्झौता र नागरिकता विधेयकको नाममा देश बेच्न लागेकाले सबै देशभक्त नेपालीहरू सङ्घर्षमा उत्रन ढिलो गर्न नहुनेमा उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भारतले रासायनिक मलमा अघोषित नाकाबन्दी गरेको कारण किसानहरूले बेलैमा रासायनिक मल नपाएको र उत्पादनमा कमी आएको बताउनुभयो ।
नेमकिपा चितवनका उपाध्यक्ष राजकुमार श्रेष्ठ र सदस्य पद्म थापामगरले पनि बोल्नुभएको थियो ।
त्यस्तै, नेमकिपा, निर्वाचन परिचालन समिति चितवन क्षेत्र नं. ३ को आयोजनामा भरतपुर महानगरपालिकाको गीतानगर बजार, चोकबजार, शिवनगर बजार, पार्वती बजार र मङ्गलपुर बजारमा प्रचारप्रसार तथा कोणसभा भयो ।
चितवनका अर्का प्रतिनिधिसभा सदस्य उम्मेदवार पदम थापामगरले देशको सीमा सुरक्षा र सार्वभौमिकता रक्षाको सङ्घर्ष अघि बढाउन आफूले उम्मेदवारी दिएको बताउनुभयो ।
कोणसभामा नेमकिपा चितवनका उपाध्यक्ष राजकुमार श्रेष्ठ, सचिव ज्ञानेन्द्र प्रजा र नेमकिपा रत्ननगरका अध्यक्ष विष्णु शर्माले पनि बोल्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *