तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, ३० कार्तिक । नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगरपालिका निर्वाचन परिचालन समितिको आयोजनामा बुधबार खरिपाटीमा चुनावी सभा भयो ।
सभामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का नेमकिपाका उम्मेदवार प्रेम सुवालले आसन्न निर्वाचन देशभक्त पार्टी र देशद्रोही पार्टीबिचको लडाइँ भएको धारणा राख्दै नेमकिपाले देशको सीमा र सार्वभौमिकता रक्षाको लागि सङ्घर्ष गर्दै आइरहेको बताउनुभयो ।
सचिव सुवालले महाकाली नदीको मुहान लिम्पियाधुरा रहेकोले नेपाली भूमि अतिक्रमण गरी कालापानी क्षेत्रमा तैनाथ भारतीय सेना फिर्ता हुनुपर्नेमा जोड दिनुभयो ।
“शासक दलका नेताहरू भ्रष्टाचारमा लिप्त भएकै कारण देशले आजको दुर्दशा भोग्नुपरेको हो । शासक पार्टीहरूलाई सजाय दिन नेमकिपाका उम्मेदवारहरूलाई जिताउन जरूरी छ”, उहाँले भन्नुभयो ।
नेपालीको आवश्यकताअनुसार जलविद्युत् उत्पादन गरी प्रत्येक नेपालीको घर–घरमा विद्युतीय ऊर्जा पु¥याई ग्यास आयात रोक्नुपर्ने आवश्यकता सचिव सुवालले औँल्याउनुभयो ।
शिक्षा–स्वास्थ्य निःशुल्क र युवाहरूलाई स्वदेशमै रोजगारी दिने नीति सरकारले बनाउनुपर्नेमा सचिव सुवालले जोड दिनुभयो ।
प्रदेश नं. १ (क) का उम्मेदवार मिनबहादुर बाटाले प्रचण्डको घरभेटी शारदाप्रसाद अधिकारीले ठेक्का लिएको नगरकोट सडक अहिलेसम्म नबन्नुमा पटकपटक सरकारमा गएका शासक पार्टीहरू नै दोषी भएको बताउनुभयो
भ्रष्टाचारमा डुबेका शासक पार्टीहरूलाई सचेत बनाउन नेमकिपाका प्रतिनिधिहरूको संसद्मा प्रतिनिधित्व हुनु जरूरी छ, उहाँले भन्नुभयो ।
कार्यक्रममा अर्जुन काफ्लेले पनि बोल्नुभएको थियो ।
Leave a Reply